अमेरिका आउन लागेका आप्रवासीमाथि छुरा प्रहारपछि टेक्सासमा अमेरिकी सेनाले चलायो सीमापारी गोली


प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार

TOPSHOT – Migrants cross the razor fence placed by elements of the Texas National Guard on the banks of the Rio Grande, in El Paso, Texas, US. border with Ciudad Juarez, Chihuahua state, Mexico, on December 20, 2022. – Title 42, a President Donald Trump pandemic-era law that authorize United States border officials to expel migrants is supposed to end on December 21. (Photo by Herika Martinez / AFP)

टेक्सास नेशनल गार्डका एक सदस्यले एल पासो क्षेत्रमा रियो ग्रान्डको छेउमा एक व्यक्तिलाई गोली हानेर घाइते बनाएका छन् । उनले सीमा पारी मेक्सिकोको क्षेत्रमा गोली हानेको जनाइएको छ ।

ती सेनालाई गभर्नर ग्रेग एबोटद्वारा निर्देशित सीमा सुरक्षा परिचालनको एक भाग अपरेशन लोन स्टारका क्रममा खटाइएको थियो जसले अवैध रुपमा सिमापार गरेर अमेरिका आउने क्रम कम गर्ने प्रयासमा रियो ग्रान्डेमा अमेरिकी सेना, तारबार र अन्य बाधाहरू खडा गरेको छ ।

नेशनल गार्डको निरीक्षण गर्ने टेक्सास सैन्य विभागले सोमबार सीमामा एक अमेरिकी सेनाले हतियार चलाएको र घटनाको अनुसन्धान भइरहेको बताएको छ। अनुसन्धान अघि बढ्दै जाँदा थप जानकारी उपलब्ध गराइने विभागले एक विज्ञप्तिमा बताएको छ । टेक्सासको सार्वजनिक सुरक्षा विभागकी प्रवक्ता एरिका मिलरले उक्त गोलीकाण्डबारे राज्यको अनुसन्धानमुलक प्रहरी एजेन्सी टेक्सास रेन्जर्सले पनि अनुसन्धान गरिरहेको बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सेनाले मेक्सिकन इलाकामा गोली चलाउने घटनाहरू सामान्यतया दुर्लभ हुन्छन् । यद्यपि प्रख्यात रिपब्लिकनहरूले सीमाको मेक्सिको छेउमा आपराधिक संगठनहरू विरुद्ध अमेरिकी सैन्यबल बढाउन आह्वान गरेका छन्।

मेक्सिकोका संचारमाध्यमहरुले घाइते व्यक्तिलाई मेक्सिकन आप्रवासीको रूपमा पहिचान गरेका छन् । उनी सिउडाड जुआरेजबाट अमेरिका छिर्ने प्रयास गर्दा अमेरिकी अधिकारीहरूले गोली हानेको जनाइएको छ । उनको अवस्था स्थिर रहेको विवरणमा उल्लेख छ ।

मेक्सिकोको विदेश मन्त्रालय घटनाबारे केही बोलेको छैन । घटनामा अमेरिकी सीमा गस्ती एजेन्टहरू संलग्न थिएनन्। सीबीपीका एक अधिकारीका अनुसार सीमाको मेक्सिकन पक्षमा तीन व्यक्तिले नदी पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरूको समूहलाई छुरीले आक्रमण गर्न थालेपछि टेक्सास गार्ड सदस्यले गोली चलाएका थिए ।

एउटा डाकुले आप्रवासीहरूलाई छुरा प्रहार गर्ने प्रयास गरेको र त्यो बेला नेशनल गार्डले गोली हानेको अधिकारीले बताएका छन् । अमेरिकी कर्मचारीहरूले मेक्सिकोमा गोली चलाउनु अत्यन्तै असामान्य भएता पनि आप्रवासीहरूको जीवन तत्कालै खतरामा परेको खण्डमा सैनिकले बल प्रयोग गर्नु उचित हुने अधिकारीहरुको भनाई छ । आपराधिक गिरोहहरूले अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूबाट सामान्यतया सयौं डलर लिन्छन् । गुण्डाहरूले रकम असुल्न घातक हिंसाको प्रयोग गर्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com