साढे २२ लाख घुससहित पक्राउ परे ‘गोल्ड मेडलिस्ट’ उपसचिव


प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित पक्राउ परेका छन् ।त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परे ।

पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार विहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंया सहित पक्राउ परे ।

‘प्याराग्लाइडिङको उडान अनुमतिका लागि उहाँले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा उहाँको साथबाट ६ लाख बरामद भएको हो । अरु साढे १६ लाख रुपैंया गाडीमा भेटियो ।’

पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको हो । प्याराग्लाइडिङ सञ्चालन गर्ने व्यवसायीहरुले प्राधिकरणबाटै अनुमति लिनुपर्छ । तर त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति समेत चाहिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन मन्त्रालयमा नागरिक उड्डयन महाशाखा छ । उक्त महाशाखा अन्तर्गत हवाई उद्योग तथा अन्तराष्ट्रिय सम्बन्ध शाखा र हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा छन् । उनी वाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका प्रमुख हुन् । एउटा शाखाको जिम्मेवारी भएपनि उनले नागरिक उड्डयन हेर्ने महाशाखामा हावी रहेको मन्त्रालयका एक उपसचिवले बताए । उनकै निर्णयका आधारमा ‘उडान योग्यता अनुमतिपत्र’ जारी हुनुपर्ने थियो । त्यही सहमति लिने क्रममा उपसचिव नेपालले व्यवसायीसँग घुस रकम मागेका थिए ।

अख्तियारको टोलीले रंगेहात पक्राउ परेका कर्मचारीको साथबाट रकम बरामद भएपछि साथमा रहेका अरु सामानको पनि खानतलासी गर्छ । झोला, कागजपत्र र अरु सामान पनि हेर्छ । अख्तियारको टोलीले उनले साथमा लगेको सरकारी गाडीको पनि खानतलासी लिन थाल्यो, त्यसक्रममा थप साढे १६ लाख रुपैयाँ भेटिएको हो ।

६ लाख रुपैंया घुसका अतिरिक्त थप साढे १६ लाख रुपैंया भेटिएपछि अख्तियारको टोलीले उनीसँग थप सोधपुछ गर्‍यो । उनले त्यो रकम कहाँबाट, किन, केकालागि गाडीमा राखेको भन्ने खेलाउन सकेनन्, अर्थात् त्यो रकमको स्रोत खुलेन । अख्तियारले त्यो रकम समेत बरामद गरेर उपसचिव नेपाललाई पक्राउ गरेको छ ।

उनको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि ६ लाख रुपैयाँ घुस हो भने बाकी साढे १६ लाख रुपैंया स्रोत नखुलेको रकम हो । अख्तियारले उनलाई बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्नेछ र अरु थप अनुसन्धान थाल्नेछ ।

गोल्डमेडलिस्ट उपसचिव

पाल्पाका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर९एटीसी० पनि भएका थिए ।

बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पनि पाए । छात्रवृत्तिमा अध्ययन सकेर आठ महिनाअघि मात्रै नेपाल फर्किएका उनी मन्त्रालयमा काम गर्न थालेका थिए । ‘उनी निकै मेधावी र क्षमतावान भनेर चिनिन्थे, अध्ययन र सबै पक्ष राम्रो भएकाले पैसा कमाउन घुस नै खानुपर्ने थिएन’ मन्त्रालयका एक सहसचिवले भने, ‘त्रिविबाट स्वर्णपदक समेत पाएपछि उनलाई राम्रो जागिर र अरु अवसरको कुनै कमी थिएन । घुस सहित पक्राउ भएपछि निकै आश्चर्य लागेको छ ।’एबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com