भारतिय प्रधानमन्त्री मोदीसँग भेट नभए पनि मलाई कुनै टेन्सन छैन : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार

sf7df8f}F, ! ;fpg . g]kfn sDo’lgi6 kf6L{ dfcf]jfbL s]G›sf cWoIf Pjd k”j{ k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú ef/tsf] tLg lbg] e|d0f ;s]/ kmls{g]qmddf lqe’jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{;Fu s’/fsfgL ug{‘x’Fb} . ;fydf :jfutsf nflu k’u]sf] pmhf{ hn;|f]t tyf l;FrfOdGqL kDkmf e’;fn tyf g]tf gf/fo0fsfhL >]i7 . t:jL/ M /Tg >]i7, /f;;

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण निकै फलदाई र सोँचेभन्दा राम्रो भएको बताए ।

तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भने, ‘सरकार र भाजपाकको तर्फबाट जुन सम्मान तथा सुरक्षाकोे व्यवस्था गरिएको थियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । कतिपय कुरा मैले सोचेभन्दा राम्रो महसुस भएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा आएर हुन नसकेको बताउँदै प्रचण्डले भने, के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट नभएनकोमा कुनै टेन्सन छैन ।’

प्रचण्डले मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा रहेका नेतृत्वहरुसँग निकै महत्वपूर्ण र फलदायी भेटवार्ता भएको बताउँदै भने, ‘भन्नुपर्ने, गर्ने कुराहरु भारतको नेतृत्व, बीजेपीको नेतृत्वसँग पर्याप्त भएकाले भेट्ने र प्रधानमन्त्रीसँग फोटो खिच्ने त हुन्थ्यो होला, त्यो भन्दा बढी त समय थिएन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्षले, भारतीय विदेशमन्त्री जयशंकरसँग संविधान जारी हुनुअघि नमिठो संवाद भएको बताउँदै भने, ‘यतिका बर्षपछि कस्तो होला भन्ने लागेको थियो तर सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’

भारतमा रहँदा नेपाल–भारतबीच भएको १९५० सन्धि पुनरावलोकन, नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्ने, सीमा समस्या समाधान, डुबानसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान, व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा आफूले भारतीय राजनीतिक नेतृत्वसँग कुराकानी गरेको अध्यक्ष प्रचण्डले बताए । उनले भेटवार्तमा, रुसबाट भारतमा कच्चा तेल सस्तोमा आउँछ, तपाईंहरुले त्यसबाट नेपाललाई दिने ढङ्गबाट सोच्नुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ भन्ने विषयलाई पनि राखेको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com