अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीमा टेक्सास निवासी नेपालीहरु ८ बर्षदेखि पहिलो नम्बरमा


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

अमेरिकामा पछिल्ला २ बर्षमा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या घटेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । कोरोना महामारीपछि अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

गत आर्थिक बर्ष २०२१ मा अमेरिकामा ७ हजार ३ सय ९ जना नेपालीहरुलेमात्र ग्रिनकार्ड प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै टेक्सासमा १२१३ जना रहेका छन् । गतबर्ष ग्रिनकार्ड पाउने नेपालीहरु न्युयोर्कमा ८५५ र क्यालिफोर्नियामा ८०५ जना रहेका छन् ।

कोरोना महामारीका बाबजुत अघिल्लो आर्थिक बर्ष २०२० मा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ७ हजार ८ सय ४७ रहेको थियो । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका छोराछोरीहरु र बाबुआमाहरु १८६२ जना, परिवारमा आधारित अन्य श्रेणीका ७५४ जना, रोजगारमा आधारित १७७५ जना, डिभीमा आधारित १८२८ जना, एसाइलममा आधारित १६१६ जना र अन्य १२ जना रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउनेमा सबैभन्दा धेरै टेक्सास निवासी १०९४ जना रहेका छन् । क्यालिफोर्निया निवासी ८३२ जना र तेश्रोमा न्युयोर्क निवासी ७२७ जना रहेका छन् । आर्थिक बर्ष २०१९ मा पनि कुल १० हजार २ सय १ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी सबैभन्दा धेरै १४८१ जना रहेका थिए भने न्युयोर्क निवासी ११९९ र क्यालिफोर्निया निवासी १०२५ जना रहेका थिए ।

आर्थिक बर्ष २०१८ मा अमेरिकामा ११ हजार ९ सय ५३ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १५२३, न्युयोर्क निवासी १३९३ र क्यालिफोर्निया निवासी ११७२ रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१७ मा अमेरिकामा ११ हजार ६ सय १० जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १६०९, न्युयोर्क निवासी १३४५ र क्यालिफोर्निया निवासी १११७ जना नेपाली रहेका थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा १२ हजार ८ सय ५१ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । जसमध्ये टेक्सास निवासी १७९७, न्युयोर्क निवासी १६९३ र क्यालिफोर्निया निवासी १२६७ जना रहेका थिए । आर्थिक बर्ष २०१५ मा अमेरिकामा १२ हजार ९ सय २६ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७९१, न्युयोर्क निवासी १६४६ र क्यालिफोर्निया निवासी १११७ जना रहेका थिए ।

आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७ नेपालीले अमेरिकामा ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७७९, न्युयोर्क निवासी १५२६ र क्यालिफोर्निया निवासी १११९ जना रहेका थिए । खासगरी आर्थिक बर्ष २०१४ देखि ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा टेक्सास निवासी नेपालीहरु पहिलो नम्बरमा रहेका छन् ।

त्यस्तै आर्थिक बर्ष २०१३ मा अमेरिकामा १३ हजार ४८ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेकोमा न्युयोर्क निवासी १७०२, टेक्सास निवासी १६३२ र क्यालिफोर्निया निवासी १२७४ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१२ मा अमेरिकामा ११ हजार ३ सय १२ जना नेपालीहरुले ग्रिनकार्ड पाएकोमा न्युयोर्क निवासी १४८६, टेक्सास निवासी १३६७ र क्यालिफोर्निया निवासी ९१६ जना रहेका थिए । आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

आर्थिक बर्ष सन् २०११ देखि सन् २०२१ सम्म अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख २१ हजार ५ सय ७८ रहेको छ । जसमा सबैभन्दा धेरै टेक्सास निवासी रहेका छन् ।

सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको छ । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको छ ।

यसरी अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ६० हजार नाघिसकेको छ । जसमध्ये झण्डै ६० हजारले अमेरिकाको नागरिकता लिइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com