गाउँपालिकाको बजेट : बाँदर र भालु लखेट्न १२ लाख, घोडा किन्नलाई १५ लाख


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

कास्कीको मादी गाउँपालिकाले बाँदर र भालु जस्ता जंगली जनावरले सास्ती दिएपछि बजेटमा नै व्यवस्था गरेको छ । मंगलबार कास्कीको मादी गाउँपालिकाले ल्याएको २०७९÷०८० बजेटमा त्यसको लागि १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा घोडा किन्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीयसँगको ५०÷५० प्रतिशत साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन गरिएको छ ।

पालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ४८ लाख ८० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बजेटमा आर्थिक विकासतर्फ ५ करोड ४२ लाख ४० हजार, सामाजिक विकासतर्फ ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकासतर्फ १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटको स्रोतमा संघीय सरकार वित्तीय समानिकरणबाट ९ करोड, ६२ लाख, संघीय सरकार सशर्त अनुदान २९ करोड ९२ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, सरकार बाँडफाँट प्राप्त राजस्व १० करोड ३ लाख र संघीय सरकार बाँडफाँट भई प्राप्त हुने रोयल्टी १ करोड ६ लाख ४० हजार रहेको छ ।यसैगरी, गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ४ लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट ८१ लाख २२ हजार, पीएलजीएसपी तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम ६ लाख, सडक बोर्ड अनुदान ५० लाख, आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको समेत ९ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट ल्याएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com