मासिँदै टुँडिखेल !


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।

जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ । संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com