चलचित्र ‘छ माया छपक्कै’ न्यूयोर्कमा छिट्टै प्रदर्शन हुने


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ नोभेम्बर तेश्रो सातादेखी न्यूर्योकमा प्रर्दशन हुने भएको छ । दर्शकको मन जित्न सफल चलचित्र ‘छ माया छपक्कै’ अहिले नेपालमा भव्य प्रर्दशन भईरहेको छ । गम्भीर राजनीतिक बिषयमा हास्यप्रधान ढंगले प्रस्तुत गरिएको चलचित्र ‘छ माया छपक्कै’ न्यूयोर्कमा यसै महिनाको तेश्रो सातादेखी प्रर्दशन हुने बितरकले जानकारी दिएका छन् । स्थानिय व्यवसायी रवि गौतमले भने, यो चलचित्र दर्शकको खोजीको चलचित्र हो, न्यूयोर्क राज्यमा प्रर्दशन गर्ने तयारी गरिरहेका गौतमले थपे, नेपाली चलचित्रलाई माया गर्ने दर्शक न्यूयोर्कमा धेरै हुनुहुन्छ, ‘हामीलाई विश्वास छ यो न्यूयोर्कमा भव्य प्रदर्शन हुनेछ’ ।

न्यूयोर्कमा यसै महिनाको २४ तारिख साँझको खाना र ड्रिक्स सहित थियटरमा बिशेष शो हुने जनाइएको छ । यो शो हेरेपछी सहभागिले साँझको खाना र ड्रिक्स गर्न पाउनेछन् । आयोजकले दिएको जानकारी अनुसार यो चलचित्रलाई फिल्म हलमै देखाइने छ । न्यूयोर्कमा नेपाली चलचित्र कुनै पार्टी हलमा प्रोजेक्टरबाट देखाउने चलन छ, तर हामी भुमी हलमै देखाउनेछौं, व्यवसायी अमित शाहले भने ।

यस्तै थ्याङयाक्स गिभिङ विक्याण्ड डिसेम्बर महिनाको १ र २ तारिख कुइन्समा रहेको बब्बे थियटरमा अन्य दुई शो हुनेछ । डिसेम्बर महिनाको १ तारिख आइतवारका दिन दिउसोको शो हुनेछ भने २ तारिख सोमबारका दिन साँझको शो हुनेछ । यस्तै अन्य शोहरुका लागि तयारी भईरहेको र तिन महिना सम्म न्यूयोर्कमा प्रर्दशन जारी राखिने बितरकले जानकारी दिएका छन् । उनिहरुका अनुसार न्यूयोर्क राज्यका बिभिन्न स्थानमा चलचित्र देखाउने तयारी भईरहेको छ ।

दिपेन्द्र लामा निर्देशित चललचित्रको कथा पनि निर्देशक लामाले नै तयार पारेका हुन् । चलचित्रमा दीपकराज गिरी केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आईएमईको संयुक्त ब्यानरमा बनेको चलचित्रको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् ।

अमेरिकाका लागि बिरतणको जिम्मा लिएका चलचित्र निर्देशक सुरेश दर्पण पोखरलले दिएको जानकारी अनुसार, चलचित्र धेरै मसलेदार छ, राजनीतिक मतभेदका कारण पानी आउन नसकेको कथा समेटिएको छ, उनका अनुसार कञ्चनपुरको साविकको गोदावरी गाविसमा भएको सत्य घटनामा आधारित चलचित्र हो । निर्देशक पोखरेलले अमेरिकाभरी चलचित्र प्रर्दशनको तयारी भईरहेको जानकारी दिए ।

उनका अनुसार अमेरिकामा यसै महिनाको पहिलो साता देखी प्रर्दशनको तयारी भईरहेको जनाए । अमेरिकाका बिभिन्न शहरमा प्रर्दशन गर्ने इच्छा हुनेले निर्देशक पोखरेलका साथै भरत बराइली, प्याट्रिक सुवेदी, डिजे मोमोलाई सम्पर्क गर्न सकिने जनाइएको छ । ३ महिना सम्म न्यूयोर्कमा प्रर्दशन हुने भएकाले स्पोन्सर गर्न तथा चलचित्रमा बिज्ञापन देखाउन चाहनेले रवि गौतम र कपिल भट्टलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com