बलेवा समाज अमेरिकाको सामाजिक काम : बलेवा क्षेत्रका ३ वडामा ३० वटा स्टेचर बितरण


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

बलेवा समाज अमेरिकाले बाग्लुङ जिल्लाको बलेवा क्षेत्रका ३ वडामा ३० वटा स्टेचर बितरण गरेको छ । साविकका गाविस पैयुँपाटा, अमलाचौर र नारायणस्थानमा समाजले बिरामी, अशक्त, गर्भवती महिला तथा सुत्केरीलाई अस्पताल तथा स्वास्थ्य चौकी पुराउन सहयोग पुगोस भन्ने हेतुले स्टेचर बितरण गरेको छ । धेरै ठाँउमा अझै पनि मोटर बाटो नपुगेको अवस्था छ, मोटर बाटो पुगेको ठाँउ सम्म पनि बिरामी, गर्भवती महिला, सुत्केरीलाई अस्पताल या स्वास्थ्य चौकीमा पुराउनका लागि स्टेचरको आवश्यकता रहेकाले स्टेचर बितरण गरिएको समाजले जनाएको छ । समाजका अध्यक्ष अनिल अधिकारीले भने, यही आवश्यकतालाई मध्यनजर गर्दै हामीले बलेवामा स्टेचर बितरण गर्ने सोँच बनाएका थियौं ।

अध्यक्ष अधिकारीले सहयोगी मनका धनीहरुबाट सहयोग रकम प्राप्त भएकाले सोचलाई सार्थक रुप दिन सफल भएको जनाएका छन् । उनले सहयोगी साथीहरुमा धन्यवाद दिँदै आगामी दिनमा समेत यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा गरेको जनाएका छन् । स्थानिय तथा समाजसेवी डिल्लीराम सुवेदीले वडाका वडा अध्यक्षहरु, स्वास्थ्य चौकीका प्रमुखहरु तथा थुप्रै स्थानियहरुको उपस्थितिले भव्य रुपमा कार्यक्रम सम्पन्न सफल भएको जानकारी गराएका छन् । बिरतण कार्यक्रम स्थानिय सहयात्रा फाउण्डेशनको सहकार्यमा गरिएको थियो । सुवेदीले ल्याएको सोच अनुसार उनकै बिशेष सक्रियतामा स्टेचर बितरण गरिएको हो ।

स्थानिय समाजसेवी बालकृष्ण शर्माले स्थानिय क्षेत्रको आवश्यकता महशुस गरेकोमा बलेवा समाजलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेका छन् । शर्माले भने, यो साँचिकै असल समाज सेवा हो, हामीलाई अझै पनि बिरामीलाई अस्पताल पुराउन धेरै ठाँउमा स्टेचरको आवश्यकता छ, यसर्थ बलेवा समाज धन्यवादको पात्र भएको छ ।

बलेवा समाज अमेरिकाको आव्हानमा स्टेचर सहयोग अभियानमा अमेरिकामा रहेका नेपालीहरुले हातेमालो गरेका छन् ।


सहयोग गर्ने सहयोगी दाताहरु निम्नानुसार छन् ।

? पोखरा घर भई हाल न्यूयोर्क निवासी शुशिल भण्डारी क्षत्री
? घादिङ घर भई हाल न्यूयोर्क निवासी उद्धव रिजाल
? कास्की घर भई हाल न्यूयोर्क निवासी नारायण ढकाल
? कास्की घर भई हाल न्यूयोर्क निवासी धु्रव पौडेल
? न्यूयोर्क निवासी शुभाष ढुङगेल
? पैयुँपाटा घर भई हाल न्यूयोर्क निवासी बिनोद शर्मा
? पैयुँपाटा घर भई हाल न्यूयोर्क निवासी प्रकाश अधिकारी
? न्यूयोर्क निवासी यादव बास्तोला
? पैयुँपाटा घर भई हाल बाल्टिमोर निवासी डोलन्द्र पौडेल
? घादिङ घर भई हाल न्यूयोर्क निवासी रामहरी अधिकारी
? पैयुँपाटा घर भई हाल बाल्टिमोर निवासी सन्तोष पौडेल पारस
? नारायणस्थान घर भई हाल न्यूयोर्क निवासी प्रदिप कुमार खत्री
? नारायणस्थान घर भई हाल न्यूयोर्क निवासी रामु श्रेष्ठ
? अमलाचौर घर भई हाल बाल्टिमोर निवासी नवराज पन्त
? पैयुँपाटा घर भई हाल न्यूयोर्क निवासी निर बहादुर क्षेत्री
? नारायणस्थान घर भई हाल न्यूयोर्क निवासी समुन्द्र केसी
? पैयुँपाटा घर भई हाल बाल्टिमोर निवासी इश्वर शर्मा
? नारायणस्थान घर भई हाल बाल्टिमोर निवासी प्रकाश जिसी
? चितवन घर भई हाल न्यूयोर्क निवासी शिवकमल पौडेल
? पर्वत घर भई हाल बाल्टिमोर निवासी दिपक रिजाल
? तनहुँ चिसापानी घर भई हाल न्यूयोर्क निवासी इन्द्र दुरा
? बाग्लुङ घर भई हाल न्यूयोर्क निवासी बिमल सापकोटा
? पैयुँपाटा घर भई हाल न्यूयोर्क निवासी लक्ष्मीदत्त रिजाल
? पर्वत घर भई हाल न्यूयोर्क निवासी मनिष रिजाल
? नारायणस्थान घर भई हाल न्यूयोर्क निवासी कृष्ण सुवेदी
? पैयुँपाटा घर भई हाल न्यूयोर्क निवासी अनिल अधिकारी

समाजका महासचिव कृष्ण सुवेदीले प्रेस बिज्ञप्ती मार्फत आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सहयोगीहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com