एल्मष्ट हस्पिटल र एनआरएनएले संयुक्त रुपमा दिपावली मनाए


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

एल्मष्ट हस्पिटल र एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले गत सोमबार न्यूयोर्कमा संयुक्त रुपमा शुभ दिपावली मनाएका छन् । कार्यक्रममा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत दक्षिण एशियाली मुलका अमेरिकन नागरिक तथा एल्मष्ट हस्पिटलका चिकित्सक, बोर्ड सल्लाहकार, न्यूयोर्क सिटीका पदाधिकारीहरु, पत्रकार, बुद्धिजिवि, बिभिन्न संघ सस्थाका अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले भने, हाम्रो कला संस्कृतिको जर्गेना गर्दै, चाड पर्वको महत्व बारे युवा पुस्तालाई जानकारी दिनु हाम्रो दायित्व पनि हो । यसर्थ आगामी दिनमा यस्तै रचात्मक सहयोगको अपेक्षा गर्दै एनआरएनए न्यूयोर्क च्याप्टर यहाँहरुसंग सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

एलमष्ट हस्पिटल बोर्ड सल्लाहकार यादव बास्तोलाले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने पत्रकार, बुद्धिजिवि, बिभिन्न संघ सस्थाका पदाधिकारी लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत इजरेल रोचाले सहभागिहरुलाई दिपावलीको शुभकामना दिँदै आगामी दिनमा न्यूयोर्कमा रहेका बिभिन्न समुदायसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दिपावली शुभकामना कार्यक्रममा एलमष्ट हस्पिटल समुदायसंग सहभागि हुन पाउँदा हामी खुसी भएका छौं, रोचाले भने, आगामी दिनमा बिभिन्न संघ सस्थासंग समेत सहकार्य गर्दै, अगाडी बढ्ने छौं । कार्यक्रममा न्यूयोर्क एसेम्ब्ली म्यान डेभिड वेपरिन, साउथ एशियन काउन्सिल फर सोसल सर्भिसका कार्यकारी अधिकृत सुधा आचार्य, एलमष्ट हस्पिटल बोर्ड सल्लाहकार लुइसाङ वाइबा लगायतले बालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com