पोष्टमार्टम गर्ने क्रममा अस्पतालका कर्मचारीबाट मृतकको गहना चोरी


प्रकाशित मिति : कार्तिक ११, २०७६ सोमबार

भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको मृतकको शरिरबाट गहना चोरी भएको जनाइएको छ । पोखरीमा डुबेर मृत्यु भएकी एक महिलाको शरिरमा रहेको सुनको सिक्रि र औंठी अस्पतालका कर्मचारीले शुक्रबार चोरी गरेको  जनाएको छ ।

अस्पतालमा पोष्मार्टममा काम गर्ने कर्मचारीहरु देवआनन्द राई र पूर्ण विकले चोरी गरेको प्रहरीको दावी छ । पोष्टमार्टम गर्नुअघि मृतकको शरिरमा गहना नदेखेपछि आफन्तले प्रहरीसँग सोधपुछ गरेका थिए । त्यसपछि अनुसन्धान गर्ने क्रममा उनीहरुकै साथबाट गहना भेटिएको प्रहरीको भनाई छ ।

चोरीको आरोपमा अस्पतालका दुई कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भन्दै उजुरी परेको छ । भरतपुर अस्पतालमा खटिएका हवल्दार जमिर अलि शेखले कुटपिट गर्दा हात भाँचिएको उनीहरुको भनाई छ ।

प्रहरीले भने गहना हराएपछि सोधपुछ गर्ने क्रममा दुवै पक्षबीच सामान्य हातपात भएको र भाग्न खोज्ने क्रममा विकको हात भाँच्चिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हातपातको विषयमा हवल्दार राईमाथि छानबिन भइरहेको तर भाग्ने क्रममा नै विक घाइते भएको डिएसपी कोइरालाले बताए । चोरीको विषयमा सोधपुछको क्रममा दुई पक्षबीच विवाद भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com