प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता हुनुभएको छ । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्कनुभएको हो ।

एनसिवी नेपालका प्रमुखसमेत रहनुभएका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गर्नुभएको थियो । महासभामा भाग लिन उहाँसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली जानुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com