भौतिक शास्त्रमा कुँवरको सफलता, बनाए ४ शताब्दी देखि हल हुन नसकेको गतिको समिकरण


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

–ध्रवसागर शर्मा

मानौं तपाई स्थिर अवस्थामा रहेको कुनै मोटरसाइकल चलाउँदै हुनुहुन्छ । चलाउँदै जाँदा उक्त मोटर साइकलले पहिलो एक सेकेन्डमा १२ मिटर, दोस्रो एक सेकेन्डमा २४ मिटर, तेस्रो एक सेकेन्डमा ३६ मिटर, चौँथो एक सेकेन्डमा ४८ मिटर र पाँचौ एक सेकेन्डमा ६० मिटरदुरी पार गर्न पुग्छ । यतिबेला उक्त मोटरसाइकलको औसत गति कति हुन्छ भनेर जान्न मन लाग्यो भने के गर्ने ?

भौतिक शास्त्रमा औसत गतिसम्बन्धी यस खालको समस्या हल गर्नु परेमा सुवात समिकरणसँग सम्बन्धित त्यही समिकरणको प्रयोग हुन्छ । जुन समीकरण विश्वभरिका शिक्षण संस्थामा पठनपाठन गराइन्छ । जवकी यसको सही समाधान पहिल्याउन नसक्दा न्यूटन र लब्निजले समेत डिफ्रेन्सियल क्याल्कुलसको प्रयोगको प्रयास गरेको देखिन्छ ।

तर हालै नेपालमा काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा भएको एक अनुसन्धानबाट औसत गतिसँग सम्बन्धित उक्त काम चलाउ समीकरणको सही समाधान हुन सक्दो रहेछ भन्ने खुलासा भएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटका वैज्ञानिक भविन्द्र कुँवरले औसत गति निकाल्ने समीकरण पत्ता लगाएपछि उक्त कुरा थाहा हुन आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुँवरको उक्त खोजबाट शताब्दीऔँदेखि समाधान हुन नसकेको महत्वपूर्ण समस्या हल हुन पुगेको हो । “झण्डै चार शताब्दी अघिदेखि यस समस्याको समाधान निकाल्ने सही समीकरणका लागि प्रयत्न भइरहेको थियो, त्यसको प्रतीक्षामा भौतिक विज्ञान थियो”, कुँवरले भन्नुभयो ।

आइन्सटाइनको सापेक्षताको सिद्धान्तको प्रभावपछि पहिलेजस्तो व्यवहारिक र प्रयोगशालीय अनुसन्धानका आधारमा समीकरण निर्माण गर्ने परम्परामा आँच आउनाले यस्ता व्यवहारिक समस्या ओझेलमा परेको हुनसक्ने खोजकर्ता कुँवरले बताउनुभयो । “पछिल्लो समयमा युवा आधारहीन र काल्पनिक विषयमा आकर्षित हुनु भौतिक विज्ञानका लागि चिन्ताको विषय हो । व्यक्तित्वको प्रभावका आधारमा प्रमाणहीन दाबीकापछि लागेर कहिल्यै पनि तथ्यपूर्ण निष्कर्षमा पुग्न सकिँदैन”, कुँवरले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।

कुवँरका अनुसार सुवात समीकरणअनुसार उदाहरणमा दिइए जसरी चलेको कुनै साधनको औसत गति निकाल्दा शुरुको गति र अन्तिम गतिको योगफल निकाली त्यसलाई दुईले भाग गरिन्छ । परम्परागत सुत्रमा औसत गति (औं) = (सु.+अ)÷दुई भन्ने मानिन्छ । सो सुत्रबाटमाथिको उदाहरणमा दिइएको मोटर साइकलको औसत गति निकाल्दा ३० मिटर प्रतिसेकेन्ड (अर्थात् औसत गति = (०+६०)÷२ मिटर प्रतिसेकेन्ड) हुन जान्छ ।

“यतिबेला सामान्य जोड घटाउमा आत्मविश्वास भएको र औसत दर निकाल्न सिकेको जोकोहीले पनि औसत गति ३० मिटर प्रतिसेकेन्ड नभइ ३६ मिटर प्रतिसेकेन्ड हुन्छ भन्ने जान्दछ”, औसत गतिको प्रचलित मान्यताबारे स्पष्ट गर्दै अनुसन्धानकर्ता कुँवरले भन्नुभयो ।

यहाँ नभन्दै वास्तविक औसत गति ३६ मिटर प्रतिसेकेन्ड हुनुपर्नेमा ३० मिटर प्रतिसेकेन्ड हुन पुगेको देखिन्छ । सो उदाहरणमा पार भएको दुरीको जम्मा मात्रा १८० मिटर हुनु र लागेको सयम ५ सकेन्ड हुनुले पनि परम्परागत समाधान कामचलाउ समाधान हो भन्ने स्वतः पुष्टि गर्दछ ।

“तर कसैले परम्परागत सूत्रलाई विश्वभरि स्वीकृत भएको र ठूलाठूला वैज्ञानिकहरुले समेत सही मानेको सूत्र हो भनेर पूर्वाग्रह नभरिदिने हो भने कुनै विशेषज्ञ, भौतिक शास्त्री वा शिक्षकलाई नसोधेरै पनि उसले यस अवस्थाको औसत गति ३० मिटर प्रतिसेकेन्ड हुँदैन भन्ने कुरामा आफूलाई पक्का गर्न सक्छ”, कुँवरले पूर्वाग्राहीले पार्ने प्रभावबारे सचेत हुन आग्रह गर्दै भन्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com