महराले बयान दिन किन गर्दैछन्,आनाकानी ?


प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार

जवरजस्तीकरणीको आरोपमा समातिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले बयान दिन आनाकानी गरेका छन् । स्वास्थ्य अवस्थाको कारण देखाउँदै महराले आनाकानी गरेका हु्न् । महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने चिठी प्रहरीलाई पठाएको छ ।

महराको शरीरमा सुगरको मात्रा, अनिद्रा र तनाव बढेको नर्भिक अस्पतालले जनाएको छ । उनलाई प्रहरीले प्रारम्भिक सोधपुछ गरेपनि सरकारी वकिलको उपस्थितिमा थप बयान लिन समस्या भएको हो । असोज १९ गते प्रहरीले नियन्त्रणमा लिएका महरा २३ गतेदेखि अस्पतालमा छन् । अदालतले पहिलो पटक दिएको म्याद शुक्रबार सकिंदै छ । अनुसन्धान नसकिए प्रहरीले म्याद थपका लागि महरालाई आइतबार पुनः जिल्ला अदालत काठमाडौं लैजानेछ ।

महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको जाहेरीपछि जाहेरीपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com