महरालाई अस्पतालमै बयान लिने तयारी


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ ।

प्रहरीले आउँदो मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com