यस्तो हुनुपर्छ डिभी लोटरी भर्दा तपाईको फोटो


प्रकाशित मिति : आश्विन २४, २०७६ शुक्रबार

तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएकोफोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटोलेचाहिँ तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिभीका लागि पेश गरिने फोटोको गुणस्तर र कम्पोजिशन पनि अमेरिकी भिसाका लागि पेश गरिने फोटोकै जस्तो हुनुपर्दछ ।

पुरानो फोटो वा तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा नगर्ने फोटोपेश नगर्नुहोस्। गत साल डिभीको आवेदनमा पेश गरिएको फोटोपुनः पेश गरेमा, मिलाइएको फोटो प्रयोग गरेमा वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ ।

तपाईँको डिजिटल फोटो निम्न बमोजिम हुन जरुरी छ :

– रङ्गिन
– फोकस मिलेको
– टाउको १ देखि १ ३/८ इन्च (२२ मिमि र ३५ मिमि) कोबीचमा हनुपर्दछ वा चिउँडोको तल्लो भागदेखि टाउकोको टुप्पासम्मको फोटोको पूरा लम्बाइको ५६ देखि ६९ प्रतिशत बीच हुनुपर्दछ ।

– तपाईँको हालको हुलिया प्रतिविम्बित गर्नका लागि फोटोविगत छ महिनामा खिचिएको हुनु पर्दछ ।

– सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको

– पूरा अनुहार देखिने गरी सिधा क्यामेरामा हेरी खिचिएको

– अनुहारको अभिव्यक्ति निष्पक्ष भएको र दुवै आँखा खुला भएको

– आफूले दिनदिनै लगाउने कपडामा खिचिएको

– दैनिक लगाइने धार्मिक वस्त्र बाहेक फोटोमा अन्य कुनै बर्दी लगाउनु हुँदैन ।

– धार्मिक कारणले लगाउनुपर्ने टोपी वा शिर ढाक्ने वस्त्र बाहेक अन्य कुनैटोपी वा शिर ढाक्ने वस्त्र लगाउनु हुँदैन । तपाईँको पूरा अनुहार देखिनु पर्दछ र शिर ढाक्ने वस्त्रले आवेदकको अनुहारमा छाया पारेको हुनुहुँदैन ।

– इयरफोन, ताररहित उपकरण वा त्यस्ता अन्य सामग्री तपाईँको फोटोमा स्वीकार्य हुनेछैनन्।
– चश्मा लगाएको हुनुहुँदैन ।

– प्रायः श्रवण यन्त्र वा त्यस्ता अन्य सामग्री प्रयोग गर्ने गर्नुभएको छ तिनलाई फोटोमा लगाउन सकिनेछ ।

चालक अनुमतिपत्र वा अन्य सरकारी परिचयपत्रबाट प्रतिलिपि उतार गरिएका वा स्क्यान गरिएका फोटोहरू स्वीकार्य हुने छैनन्। त्यसका अतिरिक्त स्न्यापशट, पत्रिकामा प्रकाशित फोटो, भेन्डिङ मेशिन वा मोबाइल फोनबाट खिचिएका कमसल गुणस्तरका फोटो वा पूर्ण–लम्बाइका फोटोहरू स्वीकार्य हुनै छैनन्।

आवेदन पेश गर्ने क्रममा तपाईँले आफ्नो डिजिटल फोटो अपलोड गर्नु पर्दछ । तपाईँको डिजिटल फोटो निम्न
बमोजिमको हुनु पर्दछ :

– JPEG फरम्याटमा हुनुपर्दछ

– फोटोकोसाइज २४० किलोबाइट वा सोभन्दा कम हुनुपर्दछ

– लम्बाइ र चौडाइ बराबर हुनु पर्दछ

– डाइमेन्सन ६०० पिक्सेल X ६०० पिक्सेल हुनु पर्दछ

आफूसँग भएको फोटो स्क्यान गर्न चाहनुहुन्छ ? डिजिटल फोटोका मापदण्डका अतिरिक्त तपाईँको फोटो :

– २ X २ इन्च (५१ X ५१ मिमि) हुनु पर्दछ

– ६०० पिक्सेल प्रति इन्चको रेजोल्युशन (१२ पिक्सेल प्रति मिलिमिटर) मा स्क्यान गरिएको हुनु पर्दछ

निम्न प्रयोजनका लागि अमेरिकी विदेश मन्त्रालयको निःशुल्क फोटो टुल प्रयोग गर्नुहोस्ः

– आफ्नो कम्प्युटरमा भएको डिजिटल फोटो छान्न

– आवश्यकताअनुसार साइज मिलाउन र घुमाउन

– ठीक ६०० X ६०० पिक्सेलको वर्गाकार फोटो बनाउन

सानो बच्चाको फोटो लिनुपरेमा

सानो बच्चाको फोटो खिच्दा फोटोमा अन्य कुनै व्यक्ति हुनुहुँदैन, बच्चाको आँखा खुला हुनु पर्दछ र बच्चाले क्यामेरातिर हेरेको हुनु पर्दछ ।

पहिलो सल्लाह : बच्चालाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताउनुहोस्। यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ । बच्चा पल्टेकोले खास गरी माथिबाट फोटो खिच्नुपरेको अवस्थामा बच्चाको अनुहारमा छाया पर्न नदिनुहोस्।

दोस्रोसल्लाह : कारको सिटलाई सादा सेतो वा हल्का रङको कपडाले छोप्नुहोस्र बच्चालाई कारको सिटमा राखेर फोटो खिच्नुहोस्। यसो गर्दा पनि बच्चाको टाउकोलाई आड मिल्दछ ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com