दशैंको बेला खाइने खानपानमा विशेष ध्यान दिन चिकित्सकको सुझाव !


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

सांस्कृतिक र सामाजिक महत्व बोकेको नेपालीहरुको महान् पर्व बडा दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरूसंगको भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीले कहिलेकाही रोगको ढोका खोली अस्पताल समेत पुर्याउन सक्छ । दशैंको बेला खाइने खानेकुराले फुड पोईजनिङको संभावना बढाउन सक्ने भएकाले सचेत रहन चिकित्सकले सुझाएका छन् ।

मासुका साथै चाडबाडका बेला खाइने चिल्ला, मसालेदार खानेकुरा, मिठाई, मद्यपान र धूम्रपानले नसर्ने रोगको सम्भावना बढाउन सक्छ । अस्पतालमा पनि चाडपर्वकै बेला बिरामीको संख्या निकै नै बढ्छ । चाडबाडका बेलाको अनियन्त्रित खानपानले खासगरी मुटु, कलेजो, मिर्गाैला, फोक्सोमा समस्या देखिनुका साथै मनोरोग लाग्न सक्ने चिकित्सकको भनाई छ ।

अधिक बोसोयुक्त मासु, मद्यपान र धूम्रपान गर्नु अल्पकालीन तथा दीर्घकालीन मुटु रोगलाई निम्तो दिनु हो । मुटुमा असर बढ्दै जांदा यसको असर शरीरका अन्य भागमा पनि देखिन्छ । दशैं–तिहारपछि धेरैको शरीरमा युरिक एसिडको मात्रा ३० देखि ४० प्रतिशत बढ्ने गरेको वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दीक्षित बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाडबाडका बेला मात्र मद्यपान गर्नेलाई अल्पकालीन र अरू बेला पनि गर्नेलाई दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्छ । मुटुको चाल गडबडी हुदा मुटुभित्र रगत जमेर मस्तिष्कघात समेत हुनसक्छ । मद्यपानले खाने नली र पेट बीचको जङ्सन च्यातिन्छ । त्यसको असर मस्तिष्कमा समेत पदर्छ । मध्यपानसंगै बासी र बढी बोसोयुक्त मासु शरीरले पचाउन नसक्दा त्यसको असर मिर्गौलामा पर्छ । मिर्गौला कमजोर बनाउंछ, फलस्वरुप पाचन क्षमता घट्छ । चाडबाडमा साकाहारीले पनि बढि मात्रामा खाने सेलरोटी, फिनी, अनरसा आदिमा चामल, मैदा, घिउ, तेल र चिनीको मात्रा बढी हुन्छ ।

अरू बेला थोरै खाए पनि हुने तर चाडबाडमा मन लागे जति खानुपर्छ भन्ने गलत मानसिकताका कारण यो बेला पेटका बिरामी बढ्ने गरेको देखिन्छ । खानामा सन्तुलन नमिलाउंदा फूड पोइजनिङको समस्या हुने वीर अस्पतालका पेट रोग विशेषज्ञ डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सन्तुलित खानपानमा संयमता नै समस्याबाट बच्ने एकमात्र उपाय हो । चिकित्सकहरू सन्तुलित भोजनलाई यसको सूत्र मान्छन् । चिल्लो मसेलेदार खानेकाुरा माछा, मासु, मदिरा र ड्राइफूड कम खानु , रातो मासु र मदिरा कम गर्नु नै रोगको प्रवेश रोक्नु हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com