नेपाली समुदायको हितमा सँधै काम गर्नेछु : काउन्टी अध्यक्ष उम्मेदवार कोष्टा


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

काउन्सिल म्यान कोष्टा कोन्स्टानटिनिडेजले कुईन्स काउन्टी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काउन्सिल म्यान कोष्टाले पत्रकार सम्मेलनको आयोजना गरी आफु कुईन्स काउन्टी अध्यक्षको उम्मेदवार रहेको घोषणा गरेका हुन् । डेमोक्र्याट् नेता कोष्टा, नेपाली समुदायलाई माया गर्ने अमेरिकन नेतामा पर्दछन् । अध्यक्ष पदका उम्मेदवार कोष्टाले आफुलाई सहयोग गर्न आग्रह गर्दै आगामी दिनमा नेपाली समुदायसंग सहकार्य गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनकै बिशेष पहलमा डिएमभीमा ड्राइभर लाइसेन्सका लागि नेपाली भाषामा निवेदन दिन पाउने व्यवस्था, कुइन्सस्थित एलमष्ट हस्पिटलमा दुई जना बोर्ड सल्लाहकार नियुक्ती, एलमष्ट हस्पिटलमा नेपाली भाषाको सुचना पाटी, कुइन्स ज्याक्शन हाइट क्षेत्रको बाटोको नाम माउण्ट एभरेष्ट नामाकरण लगायतका फलदायी काम भएका छन् ।

आप्रवासी समुदायको हक हित, बिभिन्न समुदायको भाषामा पहुँच लगायतका बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता सहित अध्यक्ष पदका उम्मेदवार कोष्टाले सामुहिक हितको प्रतिवद्धता जाहेर गरेका छन् । कुईन्स क्षेत्रमा १ लाख ८० हजार आप्रवासीहरु कागजपत्र बिहिन रहेको उल्लेख गर्दै, उनले उनिहरुको सहयोगका लागि काम गर्ने बचनवद्धता समेत व्यक्त गरेका छन् । उनले भने यस क्षेत्रमा १ सय ९० भन्दा बढी भाषाहरु बोलिन्छ, यो बोरो अन्य बोरोको तुलनामा बहुभाषिक, बहुजातिय छ उनिहरु सबैको सहजता र हितका लागि मैले काम गर्नेछु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुईन्स काउन्टी अध्यक्ष पदका उम्मेदवार कोष्टाले बोरो प्रेसिडेन्टको कार्यालयमा बिभिन्न समुदायका व्यक्तिहरु समावेश गर्ने, बिभिन्न समुदायले बोल्ने र बुझ्ने भाषा सुविधाको बिस्तार, जनगणनामा सहभागिता, समुदायमा आधारित संस्थाहरुको शसक्तिकरण, वातावरण न्याय गरी पाँच सुत्रिय अवधारणा अगाडि सारेका छन् ।

कोष्टाको उम्मेदवारीलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै एलमष्ट हस्पिटल बोर्ड सल्लाहकार यादव बास्तोलाले भने, अहिले हाम्रो समुदायका लागि काम गर्ने एउटा बलियो आधार र सहयोगी नेता भनेकै काउन्सिल म्यान कोष्टा हुन, उनका लागि हामीले सक्दो सहयोग गर्नुपर्दछ । नेपाली समुदायको हितमा काम गर्ने नेता कोष्टा भएको इंगित गर्दै बास्तोलाले भने यदी वहाँले कुइन्स अध्यक्ष जित्नु भयो भने नेपाली समुदायका लागि समेत ठुलो उपलब्धी हुनेछ, अहिले हाम्रो समुदायको प्रतिनिधि भनेकै कोष्टा हो । पत्रकार सम्मेलनमा कोष्टालाई सहयोग गर्ने बिभिन्न समुदायका अगुवा नेताहरुको बाक्लो उपस्थिति थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com