स्वास्थ्यविमा नहुने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइने


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

अमेरिकी भिसा आवेदन दिने आप्रवासीहरुले आफूहरु स्वास्थ्योपचारका लागि सक्षम भएको प्रमाणित गर्न नसके अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । नोभेम्बर ३ देखि लागु हुने यो नयाँ नियम अमेरिकाबाहिरबाट अमेरिकाको भिसा आवेदन दिनेहरुका हकमा लागु हुनेछ ।

पहिले नै अमेरिकामा रहेकाहरु, अमेरिकी ग्रिनकार्डबाहकहरु, एसाइलम आवेदकहरु, शरणार्थीहरु र बालबालिकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु नहुने जनाइएको छ । तर अमेरिकी नागरिकका दम्पत्ति र बाबुआमाहरुका सन्दर्भमा भने यो नियम लागु हुनेछ ।

स्वास्थ्य विमा नभएका आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन सकिने भएको छ । स्वास्थ्यविमा नहुनेहरुले अमेरिकामा रहँदा स्वास्थ्य उपचारको खर्च बेहोर्नसक्ने प्रमाणित गर्नसक्नुपर्नेछ ।

आवश्यक इन्सुरेन्स व्यक्तिगत रुपमा किन्न सकिने छ भने रोजगारदाताले प्रदान गर्ने इन्सुरेन्सलाई पनि मान्यता दिइनेछ । तर मेडिकेडलाई भने मान्यता दिइनेछैन । इन्सुरेन्स किन्दा अफोर्डेबल केयर एक्टको सब्सिडिज प्रयोग गरेकाहरु भिसाका लागि योग्य हुनेछैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com