महराविरुद्ध पीडितले दिइन किटानी जाहेरी


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी परीसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले महराविरुद्ध पीडितले किटानी जाहेरी दिएको पुष्टी गरे । ‘जाहेरी परेको छ,’ उनले भने, ‘जाहेरी पश्चातका कानुनी प्रकृया सुरु हुँदैछ ।’

जाहेरी परेपछि अदालतबाट महराविरुद्ध पक्राउ पुर्जी लिने प्रयास प्रहरीले सुरु गरेको छ । पूर्व सभामुख महरासँग जोडिएको सो घटना प्रक्रिया गएको प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शाहीले १३ असोजमा महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी थिइन् । गत आइतबार घटना भएको शाहीले सार्वजनिक गरेपछि नेकपाको सचिवालय बैठकले महरालाई सभामुखबाट राजनीमा गर्न निर्देशन दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com