बालविवाह अन्त्य गर्न सकिँदैन : मुख्यमन्त्री राउत


प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति र कानून बनाएर मात्र बालविवाह अन्त्य नहुने बताउनुभएको छ ।

जनकपुरमा आज आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत संवाद कार्यक्रममा उहाँले भन्नुभयो, “नीति कानून त धेरै पहिलादेखि नै छन् तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न सामाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनुपर्दछ ।”

उहाँले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनाका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताउनुभयो । पछिल्लो एक वर्षमा प्रदेशभित्र भ्रूण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उहाँको कथन थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com