एक ग्राम मानव मलमा १ करोड भाइरस


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

पत्याउनुहुन्छ ? एक ग्राम मानव मलमा १ करोड भाइरस, १० लाख ब्याक्टेरिया, १ हजार परजीवी सिस्ट र एक सय परजीवीका अन्डा हुन सक्छन् ।

यसैले तपाइँको गाउँ, टोल, छरछिमेकमा खुला  शौच भइरहेको छ भने रोकिहाल्नुस् । यसले झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, पेटमा कीरा पार्ने, हेपाटाइटिस, ट्रकोमा आदि थुप्रै रोग निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

रोग निम्तयाउन मात्र नभई खुला स्थानमा शौच गर्नु पर्यावरणका लागि समेत हानिकारक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खुला शौचले पानीसँगै कृषि उत्पादनसमेत प्रदूषित हुन्छ । ‘मुलुकमा खुला स्थानमा शौच बस्ने अवस्था मात्र अन्त्य गरे थुप्रै  रो, संक्रमण आदीबाट बच्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)का निर्देशक डा रुना झाले भनिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com