यस्ता छन् यौनकाण्डमा पद खुस्किने मन्त्रीदेखि सांसदसम्म


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि यो घटनाले अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको छ। महराले पदबाट राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुला गरेका छन् तर महराले आरोप अस्वीकार गरेका छन्।

विश्वभर संसदका अधिकारीदेखि मन्त्रीसम्म यौनकान्डमा मुछिएर पद ‘गुमाएका’ धेरै उदाहरण छन् । गत वर्षमात्र भारतमा तत्कालीन विदेश राज्यमन्त्री मोबासर जावेद अकबरविरुद्ध २० भन्दा बढी महिलाले ‘यौन दुर्व्यवहार’को आरोप लगाएपछि उनले राजीनामा दिएका थिए।

यौन दुर्व्यवहारका घटना बाहिर ल्याउन महिला अधिकारकर्मीद्धारा विश्वभर चलाइएको ‘मि टु अभियान’ले भारतमा पनि चर्चा पाएको थियो। त्यहीबिच अकबरविरुद्ध पनि करिब दुई दर्जन महिलाले ती आरोप लगाएका थिए।

अकबर पूर्व पत्रकार पनि हुन्। अबकर पत्रकारितामा रहेका बेला उनी मातहतकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् एक लेखमार्फत। सन् २००८ को अक्टोबरमा अस्ट्रेलियाको भिक्टोरिया राज्यका मन्त्री थियो थियोफानौसले यौन कान्डमै मुछिएपछि पदबाट राजिनामा दिनु परेको थियो। ग्रिसकी एक महिलाले १० वर्षअघि थियोफानौसले बलात्कार गरेको आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्नेभन्दै थियोफानौसले पदबाट राजीनामा दिएका थिए। यद्यपि अदालतले उनलाई पछि सफाइ दिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिटु अभियानले बेलायतमा पनि निकै चर्चा पाउँदा त्यहाँका सांसदहरु विवादमा परेका थिए। सन् २०१७ को अक्टोबरमा हलिउड अभिनेत्री हार्बी वाइन्स्टीनले आफूविरुद्ध यौन दुर्व्यवहारबारे बोलेपछि बेलायतको वेस्टमिनिस्टरस्थित केन्द्रीय संसदमा पनि हंगामा मच्चिएको थियो। बेलायतको तत्कालीन प्रधानमन्त्री टेरिजा मेले सभामुख जोन बर्कोलाई संसदभित्र हुने यौन दुर्व्यवहारका घटनाको छानविन अगाडि बढाउन अनुरोध गरेकी थिइन्। त्यतिबेला, ३६ जना सांसदविरुद्ध त्यस्ता आरोप सम्बन्धी उजुरी परेको थियो।

त्यही वर्षको नोभेम्बरमा बेलायतका विदेशमन्त्री माइकल फलनले पदबाट राजीनामा दिनु परेको थियो, एक महिलाले फलनले आफूलाई गलत नियत राखेर छोएको आरोप लगाएपछि। सोही वर्ष बेलायतका अर्का मन्त्री डामियान ग्रिनले पनि राजीनामा दिएका थिए। कन्जरभेटिभ एक्टिभिस्ट केट माल्बीले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले पदबाट राजीनामा दिएका थिए। उनीमाथि कार्यालयमा रहँदा कम्प्युटरमा पोर्न तस्बिरहरु हेरेको पनि आरोप लागेको थियो।

ब्यापक घटना बाहिर आएपछि तत्कालिन प्रधानमन्त्री मेले बेलायतको संसदका कर्मचारीविरुद्ध यौन दुर्व्यवहार भए तत्काल रिपोर्ट गर्न सकिने ‘हट लाइन’ स्थापना गरेकी थिइन्। मन्त्री हुँदा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि स्कटल्यान्डका पूर्व मन्त्री एलेक्स सालमन्डले सन् २०१८ मा पार्टीबाट राजीनामा दिएका थिए। गत जनवरीमा उनलाई बलात्कार प्रयाश कसुरमा प्रहरीले पक्राउ गरेको थियो। सन् २०१७ मै वेल्सका मन्त्री कार्ल सर्जेन्टलाई बर्खास्त गरिएको थियो, यौन दुर्व्यवहारको आरोपपछि।

नेपालमा पनि मन्त्रीहरु दुर्व्यवहार प्रकरणमा मुछिएपछि राजीनामा दिएका उदाहरण छन्। गत वर्ष कानून मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्साशास्त्र पढ्न जाने नेपाली छात्राहरुका बारेमा विवावदास्पद अभिव्यक्ति दिएपछि पदबाट राजीनामा दिनुपरेको थियो। त्यसअघि तत्कालीन कृषी मन्त्री हरि पराजुलीले पदबाट राजीनामा दिनु परेको थियो, धान दिवसका दिन एक महिलालाई अस्वभाविक तरिकाले छोएको आरोप लागेपछि।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com