महराले सभामुख र सांसदबाट राजिनामा दिनुपर्ने निर्णय, कानुनसम्मत तरिकाले अगाडि बढ्दै प्रहरी


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

सभामुख कृष्णबहादुर महरालाई एक महिलाले आफुमाथि दुर्व्यवहार गरेको आरोपको घटनामा प्रहरीले कानुनसम्मत तरिकाले नै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ । महिलाले प्रहरीलाई घटनाबारे खबर गरेपछि डीएसपीको नेतृत्वमा नै प्रहरीले उक्त स्थलमा पुगेर तत्कालको अवस्थाको भिडियो खिचेर लगेको थियो ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफूहरु कानुनसम्मत तरिकाले नै अगाडि बढ्ने खसोखासलाई बताए । यसबारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । यसैबीच नेकपाको केन्द्रीय सचिवालयको बैठकले महराले सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिएर छानविन प्रकृयालाई सघाउनुपर्ने निर्णय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद् सचिवालयमै काम गर्दै आएकी एक महिला कर्मचारीले सभामुखले आइतबार साँझ दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
महराले आफुमाथि दुर्व्यवहार गरेको भन्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com