न्युयोर्कमा कागजपत्रविहिनलाई अध्यागमनको त्रास देखाए साढे २ लाख डलरसम्म जरिवाना


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

न्युयोर्क सिटीमा कुनै व्यक्तिले कागजपत्रविहिनलाई अध्यागमनको त्रास देखाएमा वा अध्यागमन अधिकारीहरुलाई फोन गरेर जानकारी दिने भन्दै धम्की दिएमा धम्की दिने व्यक्तिलाई साढे २ लाख डलरसम्म जरिवाना हुने भएको छ । साथै गैरकानुनी एलियन शब्द प्रयोग गर्नमा समेत न्युयोर्क सिटीमा प्रतिबन्ध लगाइएको छ ।

न्युयोर्क सिटीको मानवअधिकार आयोगले २९ पेज लामो निर्देशिका जारी गर्दै कागजपत्रविहिनलाई ‘इलिगल एलियन’ शब्द प्रयोग गर्नमा प्रतिबन्ध लगाएको छ । कागजपत्रविहिनलाई होच्याउनका लागि गैरकानुनी शब्द प्रयोग हुदै आएकोमा अब त्यस्तो शब्द प्रयोग गर्नेलाई विभेद र घृणाको अपराध गरेको ठहर गर्दै सजाय हुने जनाइएको छ ।

निर्देशिकामा यस्ता घटनाका केही उदाहरण समेत दिइएको छ । एउटा भारतीय परिवारले सांग्ला भेटिएको बारे घरवेटीलाई बताउँदा घरवेटीले सांग्लाको सामना गरेर नबसे अध्यागमन अधिकारीलाई फोन गरेर देशनिकाला गराउने भन्दै धम्की दिएको र दुईजना थाईहरु स्टोरमा आफ्नोभाषा बोल्दा स्टोरको मालिकले उनीहरुलाई अँग्रेजीमा कुरा गर्न वा आफ्नो देश फर्कन भनेको जस्ता उदाहरणहरु निर्देशिकामा समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटी सरकारले न्युयोर्क सिटीमा घृणाका लागि कुनै स्थान नरहेको भन्दै भाषाका आधारमा होच्याउन वा अँग्रेजी राम्रो नबोलेका कारण विभेद गर्न र हेप्नमा प्रतिबन्ध लगाएको छ । अब कोही व्यक्तिले अँग्रेजी राम्रो नबोलेका कारण वा आफ्नो भाषा बोलेका कारण होच्याउनेमाथि पनि मोटो रकम जरिवाना हुनसक्नेछ ।

यसैबीच मेयर कार्यालयको अध्यागमन मामलाले कागजपत्रविहिनहरुलाई सघाउन १ मिलियन डलरको घोषणा गरेको छ । देशनिकालाको सामना गरिरहेका कागजपत्रविहिनहरुलाई कानुनी सहायता उपलब्ध गराउनका लागि यो रकमको घोषणा गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com