जे छोयो त्यही महँगो !


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ । ३ हजार ३०० पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ ।

एक हजार ५७५ देखि एक हजार ६०० मा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि १०० रुपैयाँसम्म बढेको छ ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्वीकारेको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने,‘चामल आयात गर्नुपर्छ । मूल्यवृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com