Follow @khasokhasmag

बौद्ध घ्याङमा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

काठमाडौंको बौद्धका बौद्ध घ्याङमा झडप भएको छ । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको हो।

चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीचको झडपको कारण बौद्ध क्षेत्र तनावग्रस्त भएको बताइएको छ। बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमा पुजा तथा दीप प्रज्वलन कार्यक्रम भइरहेको समयमा बिथोल्न पुगेपछि गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएको प्रहरीले बताए ।

केही बेर पुजा रोकिए पनि प्रहरीले सुरक्षा दिएपछि पुनः संचालन भएको जनाइएको छ । पुजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरिरहेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com