राष्ट्रसंघ महासभामा परराष्ट्रमन्त्री ज्ञवालीको सम्बोधन : ‘ जलवायु परिर्वतनको बढी मारमा नेपाल’


प्रकाशित मिति : आश्विन ११, २०७६ शनिबार

– अनिल अधिकारी

नेपालले राष्ट्र संघको ७४ औं महासभा बैठकलाई सम्बोधन गर्दै विश्वव्यापी समस्यामा साझा धारणा बनाउनुपर्नेमा जोड दिएको छ । राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जलवायु परिर्वतन, गरिवी, मानव बेचबिखन, सिमा समस्या, शरणार्थी समस्या, अपराध, आतंकवाद लगायतका समस्या समाधानमा साझा धारणा बनाउनुपर्नेमा जोड दिएका हुन् ।

शान्ति मानव अधिकार र बिकास राष्ट्र संघका पिल्लरहरु भएकाले महत्वकाक्षी परिकल्पना, दिगो बिकासको लक्ष्यमा साना देश तथा बिकासशिल देशहरुको भूमिका समेत महत्वपूर्ण हुने तर्फ राष्ट्र संघको ध्यानाकर्षण गराएका छन् । मन्त्री ज्ञवालीले दिगो बिकास लक्ष्य हासिल गर्न पर्यटन, उद्योग लगायतका बिषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवालीले यस पटकको महासभामा जलवायु परिर्वतनका कारण देखिएका समस्यमा समाधानमा छलफल केन्द्रित हुनु सार्थक रहेको उल्लेख गरेका छन् । जलवायु परिर्वतनका कारण विश्वभरका मुलुकहरुले भोग्नु परिरहेको समस्या समाधान तर्फ राष्ट्र संघ सक्रिय हुनुपर्ने इंगित गरेका छन् । पर्यावरण, जलवायु परिर्वतनका चुनौती र समस्या समाधान बिषयमा केन्द्रित रहेर नेपालले सन् २०२० मा नेपालमा गर्न लागेको अन्र्तराष्ट्रियस्तरको सगरमाथा डाइलगबारेमा समेत सम्बोधनमा उल्लेख गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले जलवायु परिर्वतन बारेमा नेपालले भोग्नु परेका समस्या समेत उल्लेख गरेका छन् । उनले भने, हाम्रो देशमा सगरमाथा छ, विश्वभर माउण्ट एभरेष्टका नामले परिचित छ, यसको भौगोलिक अवस्थाका कारणले जलवायु परिर्वतनको चपेटामा हामी बढी परेका छौं । हामीले जलवायु परिर्वतनको मार हामीले बढी खेपि रहेका छौं, उनले भने, हिमाल पग्लने र सुक्ने, खोला नाला सुक्ने भएकाले मौसम परिर्वतनको मार हामीले बढी भोगि रहेका छौं ।

जसका कारण नेपालीको दैनिक जिविका र खाद्य सुरक्षामा चुनौती थपिएको छ । उनले जोडेका छन्, हिमाली क्षेत्र भएकाले नेपालको मौसम परिर्वतन अन्य मुलुकको भन्दा फरक छ । जैविक विविधताको बिनासका कारणले रोग माहामारी फैलिने समस्या भोगी रहेका छौं ।

नेपालले बाढी तथा प्राकृतिक प्रकोपका कारण समेत बर्षेनी हजारौं नेपालीहरुले आफ्नो घरबास गुमानु परेको सन्दर्भ जोड्दै प्राकृतिक प्रकोपका कारण सन् २०१५ मा भूकम्पले पनि नेपालमा ठुलो क्षती भएको र अहिले नेपालले पुर्ननिमार्णका लागि काम गरिरहेको उल्लेख गरेका छन् ।

मन्त्री ज्ञवालीले सम्बोधनमा भनेका छन्, बाढी तथा प्राकृतिक प्रकोपको मार नेपालले बर्षेनी खेपी रहेको छ । यसैले हामीले हाम्रो दायित्व बोध गर्दै, नेपाल सरकारले जलवायु परिर्वतन सम्वन्धी अर्को बर्षको अप्रिल महिनामा विश्व व्यापी सम्वाद गर्न लागेको जानकारी दिए ।

आफ्नो सम्बोधनका क्रममा हिंस्रक द्धन्द खेपिरहेका मुलुकहरु लिबिया, सिरिया, यमन लगायतका देशमा देखिएका समस्या र मानिसले भोग्नु परेका समस्याका बारेमा समेत चिन्तित हुनुपर्नेमा जोड दिएका छन् ।

नेपालले विश्वभर स्थायी शान्ति, बिकास, समृद्धि, मानवअधिकार, सामाजिक सुरक्षा लगायतका बिषयमा प्रतिवद्ध रहेको उल्लेख गर्दै नेपाल विश्व समुदायसंग सहकार्य गर्दै शान्ति, सुरक्षा र आर्थिक बिकासमा कटिवद्ध रहेको जनाए । उनले नेपाल सार्क, बिमस्टेक र एसिडीसंग सहकार्य गरेर अगाडी बढ्रिहेको जानकारी दिए ।

महासभा बैठकका क्रममा यहाँ रहँदा मन्त्री ज्ञवालीले साइडलाइन बैठकहरुमा नेपाल समृद्ध नेपालको चरणमा रहेको र पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानी गर्नका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।

७४ औं महासभा अध्यक्ष लगायत सदस्यहरुलाई बधाई दिएर सम्बोधनको शुरुवात गरेका मन्त्री ज्ञवालीले ७३ औं महासभा बैठकका अध्यक्ष मारिया फरनान्डाप्रति कृतज्ञता ज्ञापन गरेका छन् । महासभा बैठक शुरु भएको चार दिनपछी नेपालको पालो आएको हो ।

हरेक देशका राष्ट्रप्रमुखहरुले सम्बोधन गरेपछी मन्त्रीहरु पालो आउने भएकाले ढिला भएको हो । यद्यपी कार्यसुची अनुसार नेपालको पालो अझै दुई दिन पछाडी रहेपनि राष्ट्र संघका लागि स्थायी नियोगको प्रयासमा अगाडी ल्याइएको हो ।

तस्विर : अनिल अधिकारी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com