सार्क बैठक न्यूयोर्कमा : बिकसित दक्षिण एशियाको पक्षमा सबै देश


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

अनिल अधिकारी

नेपालले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सार्क राष्ट्र मन्त्री स्तरीय अनौपचारिक बैठकको आयोजना गरेको छ । नेपालको नेतृत्व गर्दै राष्ट्र संघ बैठकमा सहभागि भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकको आयोजना गरेका हुन् । बैठकमा सार्क राष्ट्र अन्र्तगत परराष्ट्र तथा बिदेश मामिला हेर्ने मन्त्रीहरुका साथै महासभामा सहभागि बिभिन्न मुलुकका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठक दक्षिण एशिया क्षेत्रको बृहत्तर बिकासमा केन्द्रित थियो ।

जलवायु परिर्वतन, आतंकवाद लगायतका समस्या समाधान गर्ने बारे बैठकमा चिन्ता र चासोमा व्यक्त भएको थियो । मन्त्री ज्ञवालीले अन्नपूर्ण पोष्ट संग कुराकानी गर्दै भने, बैठक सफता पूर्वक सम्पन्न भएको छ, लामो समयपछी भएको बैठकको आफ्नै महत्व छ । उनले सबै सदस्य राष्ट्रहरु आर्थिक बिकास, औद्योगिक, पर्यटन लगायतका क्षेत्रमा सहयकार्य गर्दै अगाडि बढ्नुपर्ने एकमत देखिएको जनाउ दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समस्या समाधान गर्दै सार्कलाई अझै सकारात्मक र बलियो बनाउन सकिन्छ भन्ने मान्यता सबै देशहरुमा मैले पाएँ, मन्त्री ज्ञवालीले भारत पाकिस्तानका बीच कश्मिर समस्यालाई इंगित गर्दै भने, पछिल्ला घटना क्रममले जटिलता थपेको छ तर यसको समाधान वार्ता बाटै हुन्छ भन्नेमा नेपाल सकारात्मक छ । सार्कको औचित्य र भविश्य छ बलियो हुँदै गएकोमा सबै देशहरु सहमत थिए । ्

लामो समयदेखी नेपाल सार्क राष्ट्रको अध्यक्ष छ, १९ औं शिखर सम्मेलन गर्ने बारेमा कुराकानी भयो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने पाकिस्ताले १९ औं शिखर सम्मेलन गर्न तयार छौं भनेको छ, आजको बैठकमा पाकिस्तानले मिति समेत प्रस्ताव गर्न खोजको थियो तर यो अनौपचारिक छलफल भएकाले र यसले निर्णय गर्न नसक्ने भएकाले हामीले प्रस्ताव गर्न भनेनौं ।

बैठकमा भारतीय बिदेश मन्त्रीले दक्षिण एशिया शान्त र समृद हुनुपर्दछ भन्नेमा जोड दिँदै दिर्घकालिन समुन्नत, एकतावद्ध साउथ एशियाको पक्षमा आफ्नो मुलुक रहेको बताएका छन् । उनले भारतले प्रस्ताव गरेको सार्क स्याट्लाइट र सार्क केन्द्रित विश्वविद्यालयको परिकल्पना अनुसार काम भईरहेको बताएका छन् । बैठकले श्रीलंकाका प्रतिनिधिलाई महासचिव तय गरेको छ । उनले मार्च १ बाट कार्यभार शुरु गर्ने जानकारी दिइएको छ ।

यस्तै मन्त्री ज्ञवाली बिहिवारनै अतिविकसित मुलुकका मन्त्रीहरुको बैठक, महासभा बैठकका अध्यक्षले बोलाएको आणविक हतियार सम्वन्धी उच्च स्तरीय बैठक लगायतका छलफलमा सहभागि भएका छन् । नेपालको नेतृत्व गर्दै मन्त्री ज्ञवालीले शुक्रबार साँझ सम्म सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार नै भारितय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत पाकिस्तान चिसोपन सार्क बैठकमा देखियो

कश्मिर विवादलाई लिएर बढ्दो भारत, पाकिस्तान तिक्तता सार्क राष्ट्र मन्त्री स्तरीय बैठकमा पनि देखिएको छ । अमेरिकाको न्यूयोर्कमा बिहिवार अध्यक्ष राष्ट्र नेपालले आयोजना गरेको मन्त्री स्तरीय बैठकमा भारत र पाकिस्तानका बिदेशमन्त्रीहरु संगै बसेनन् ।

भारतीय बिदेशमन्त्री बैठकबाट बाहिरिए पछी पाकिस्तानका बिदेशी मन्त्री बैठकमा उपस्थित भए । यसले भारत पाकिस्तानको विवाद चरम उत्कर्षमा छ भन्ने संकेत गर्दछ । महासभा अन्र्तगतका सहायक बैठकहरुमा व्यस्त रहेको कारण देखाइए पनि बैठकलाई दुवै मुलुक संगै बसेर विवाद समाधानको थलो बनाउने प्रयास सम्म भएन् ।

मन्त्री ज्ञवालीले नेपाल बिवादहरुको समाधान शान्तिपूर्ण तरिकाले गर्नुपर्छ भन्नेमा सकारात्मक छ । उनले थपे, युद्ध र द्धन्दको पिडा सबै देशले भोगेका छन्, यसैले यसको निकास छिटो निस्कनेमा हामी विश्वस्त छौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com