पुल्चोकमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

सरकारले ललितपुरको पुलचोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पुलचोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनु भएको हो । उहाँले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताउनु भयो ।

शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गर्नु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com