के हो नेपालका परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक मिनेट लामो भेट


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीच भएको एकमिनेट लामो भेट अमेरिकी राष्ट्रपतिले हरेक बर्ष आयोजना गर्ने रिसेप्सनका क्रममा हो । संयुक्त राष्ट्र संघको महासभामा उपस्थित राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुलाई दिएको रात्री भोजका अमेरिकी राष्ट्रपतिलाई भेटेर हात मिलाउने र फोटो खिचाउने अवशर दिइन्छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँकी पत्नी सरस्वती ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई रिसेप्सनमा भेटेर तस्वीर खिचाएका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले ट्रम्पलाई नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपी लगाएर भेटेका थिए । यसअगाडि प्रधानमन्त्री केपी ओलीले पनि दौरा, सुरुवाल, कोट र टोपी लगाएर नै भेटेका थिए । तर तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई लगायतले भने अमेरिकी राष्ट्पतिलाई टाइसुटमा भेटेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्रसंघ महासभाका बेलामा अमेरिकी राष्ट्रपतिले राष्ट्रप्रमुखहरुका लागि रिसेप्सेन पार्टीको आयोजना गर्ने प्रचलन रहेको छ । जस अनुशार विभिन्न देशका राष्ट्रप्रमुख दम्पत्ति र अमेरिकी राष्ट्रपति दम्पत्तिको फोटो सेसन हुने गर्छ । यो रिसेप्सनमा नेपालका परराष्ट्रमन्त्रीलाईमात्र नभएर सबै देशका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले १ देखि २ मिनेट वा त्यो भन्दा अझ कम समय भेट्ने कार्यक्रम रहेको थियो ।

यो रिसेप्नसमा सबै देशका राष्ट्रप्रमुखसँग सामान्य हालखबर सोध्ने र फोटो खिच्नेमात्र काम हुन्छ । यद्यपी आफूले महत्व दिएका राष्ट्रप्रमुखहरुलाई अमेरिकी राष्ट्रपतिले रिसेप्सेन कार्यक्रम बाहेक अरु समयमा छुट्टै भेटघाट समेत गर्ने गर्छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिलाई ढोका बाहिरसम्म छोड्न राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्कका कर्मचारीहरु र अन्य अधिकारीहरुले साथ दिएका थिए । त्यसपछि ज्ञवाली दम्पत्तिले भित्र पसेपछि आफ्नो पालो आउनासाथ अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिलाई भेटेका थिए । यो भेटमा सञ्चै हुनुहुन्छ ? भनेर सामान्य व्यक्तिगत हालखबर सोध्नेबाहेक अरु कुराकानी हुँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com