९ बर्षिया लोकश्रीको किन माया लाग्छ बरै बोलको गीत बजारमा
प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार
अमेरिका निवासी ९ बर्षिया लोकश्री आचार्यको किन माया लाग्छ बरै बोलको गीत बजारमा आएको छ । लोकश्रीको स्वर, संगितकर्मी दिपक शर्माको रचना र संगित रहेको गीत किन माया लाग्छ बरै यूटुबमा सार्वजनिक गरिएको छ ।
नरेन्द्र यिबोगीले एरेन्ज गरेको गीतको छायाँकन धर्मराज आचार्यले गरेका छन्, भने भिडियोलाई राम श्रेष्ठले सम्पादन गरेका छन् । ए वन म्यूजिसियनमा रेकर्ड गरिएको गीतको सवटाईटल भद्र शर्माले लेखेका हुन् । नेपालमा जन्मिएकी लोकश्री आफ्ना परिवारका साथमा टेक्सास बस्छिन् । स्थानिय लेगेसी इलिमेन्टी बिद्यालय ग्रेड ४ मा अध्ययनरत लोकश्रीले नेपाल गएका बेला गित रेकर्ड गराएकी थिईन् ।
आफ्ना अभिभावकलाई बिशेष धन्यवाद दिँदै लोकश्रीले भनेकी छन्, म अझै राम्रो गर्दै जानेछु । सानै उमेरदेखी नृत्य र गायनमा रुची राख्ने आचार्यले अमेरिकामा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती देखाउँदै आएकी छन् । अंग्रजी भाषामा समेत राम्रो गीत गाउने कला भएकी लोकश्री भविश्यमा संगितमा लाग्ने भन्दै संगित कक्षाहरु लिईरहेकी छन् ।







