पार्टी निरंकुशताको पक्षमा छैन: नेता नेपाल


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनु भएको छ ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहनु भएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिनु भयो ।

पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको पनि स्पष्ट पार्नु भयो ।

वरिष्ठ नेता नेपालले नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालमै उभिएर काम गरेकाले विश्वमा आफ्नो पार्टीले निर्वाचनको माध्यामबाट जनताको विश्वास लिएर शासन सत्ता संचालन गर्ने मौका पटकपटक पाउने गरेको पनि स्मरण गराउनु भयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com