Follow @khasokhasmag

संयुक्त राष्ट्र संघको ७४ औं महासभाको औपचारिक बैठक आजबाट शुरु


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

संयुक्त राष्ट्र संघको ७४ औं महासभा बैठकको मंगलबार औपचारिक समुद्घाटन भएको छ । संघको मुख्यालय न्यूयोर्कमा ७४ औं महासभा बैठकका अध्यक्ष तिजानी महमद बान्डेले उच्चस्तरीय बैठकको औपचारिक शुरुवात गरेका छन् ।

अध्यक्ष महमद बान्डेले समुदघाटन समारोहलाई सम्बोधन गर्दै भनेका छन्, हिंस्रक द्धन्द, आतंकवाद, प्राकृतिक प्रकोप, लागु औषध, लैंगिक बिदेभ लगायतका जटिल बिषयहरुमा हामीले संयुक्त रुपमा समाधान खोज्नुपर्नेछ । साथै उनले राष्ट्र संघले गरेका प्रगती बिवरण सुनाएका थिए ।

हरेक बर्ष सेप्टेम्बर महिनाको तेश्रो मंगलबार राष्ट्र संघको मुख्यालयमा हुने कुम्भ मेलामा यस बर्ष पनि विश्वभरका १ सय भन्दा बढी देशका राष्ट्रप्रमुख, प्रधानमन्त्रीले डेभलपमेन्ट फर फाइनान्स अर्थात बिकासका लागि लगानी बिषयमा आफ्नो धारणा व्यक्त गर्दैछन् ।

हाइ लेवल नाम दिईएको यस सप्ताहमा विश्वभरका राष्ट्रप्रमुख, प्रधानमन्त्रीले पालैपालो आफ्नो धारणा राख्ने कार्यक्रम छ । यसैबीच उद्घाटन शत्रको पहिलो दिन राष्ट्र संघका अध्यक्षले बोलेपछि ब्राजिलका राष्ट्रपती जैर मिसियस बोल्सोनारोले सम्बोधन गरेका छन् । त्यसपछि अमेरिकी राष्ट्रपती डोनाल्ड जे ट्रम्पले अमेरिकी धारणा सहित डेभलपमेन्ट फर फाइनान्स बिषयमा सम्बोधन गरेका छन् ।

अमेरिकी राष्ट्रपती डोनाल्ड जे ट्रम्पले विश्वभर शान्ति र बिकास चाहेको प्रतिकृया दिँदै आफ्नो देश सबैसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले उपस्थित राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरुलाई भने, यदी तपाईहरुको तपाईको देशमा शान्ति र बिकास चाहनु हुन्छ भने पहिलो तपाईको देशलाई माया गर्नुस ।

अमेरिकी राष्ट्रपती ट्रम्प संगै मंगलबारको उद्घाटन शत्रमा इजिप्ट, टर्की, नाइजेरिया, माल्दिब्स लगायतका देशका प्रमुखहरुले सम्बोधन गरेका छन् । नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सम्बोधन गर्नेछन्, उनको पालो केही दिनमा आउनेछ । राष्ट्रप्रमुखहरुले सम्बोधन गरेपछी मात्रै मन्त्रीहरुको पालो आउँछ ।

उच्च पदस्थ व्यक्तिहरु सहभागि बैठकले गर्ने निर्णय र बैठकमा उठान हुने बिषयहरु महत्वपूर्ण मानिन्छन् । यस बर्ष यूथ क्लाइमेट समिट, क्लाइमेट एक्सन समिट, यूनिर्भसल हेल्थ समिट, राइट्स अफ चाइल्ड बिषयमा उच्चस्तरीय छलफल हुनेछ । २७ तारिखका दिन पूनरावलोकन, प्रगती, बिकासका चरणहरु, भएका उपलब्धीहरु बिषयमा छलफल हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com