एसाइलम अफिसरले होइन सिमा सुरक्षा गस्तीले लिन थाले एसाइलम अन्तरवार्ता


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेहरुको प्रारम्भिक अन्तरवार्ता तालिम प्राप्त एसाइलम अफिसरहरुले नभई सिमा सुरक्षा गस्तीले लिन थालेका छन् । अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्नका लागि बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने ट्रम्प प्रशासनको नियमलाई सर्बोच्च अदालतले सदर गरेपछि सिमाक्षेत्रमा सिमा सुरक्षा अधिकारीहरुले एसाइलम अन्तरवार्ता लिन थालेका हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एसाइलमबारेको यो कार्यक्रम संचालनमा ल्याएको हो । होमल्याण्ड सेक्युरिटीकै माताहतमा सीबीपी र युएससीआईएस रहने भएपनि सीबीपीको काम मान्छेलाई हिराशतमा लिने भएपनि देशनिकाला गर्ने नभएको भन्दै आलोचना समेत गरिएको छ ।

सीबीपीका अनुशार झण्डै ५ साता लामो तालिमपछि एसाइलमका लागि योग्य भए नभएको जाँच्नका लागि सीबीपी अधिकारीहरुलाई खटाइएको छ भने यसको पुनरावलोकन युएससीआईएसले समेत गर्नेछ । एसाइलमका प्रारम्भिक अन्तरवार्ता लिइरहेका सीबीपीका अधिकारीहरुले एसाइलम अफिसरहरुले जस्तै तालिम लिएको युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीबीपीका अधिकारीहरुले एसाइलमका प्रारम्भिक अन्तरवार्ताहरु बिहिबारदेखि लिन थालेको जनाइएको छ । सिमा सुरक्षा गस्तीले गरेका सबै निर्धारणहरुमा एसाइलम अफिसरको सुपरिवेक्षण रहेको युएससीआईएसको दावी रहेको छ ।

गत जुन ५ मा १० जना सिमा सुरक्षा अधिकारीहरुले युएससीआईएसबाट तालिम प्राप्त गरेर क्रेडिबल फियर अन्तरवार्ता लिन थालेका थिए । त्यसयता थप ४५ जना सिमा सुरक्षा अधिकारीहरुलाई त्यस्तो तालिम प्रदान गरिसकिएको छ ।

हाल अमेरिकी सिमाक्षेत्रमा मेक्सिकनबाहेक अन्य देशका व्यक्तिले बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत नभएको खण्डमा अमेरिकामा एसाइलमका लागि स्वत अयोग्य ठानिदै आएको छ । अत्यन्तै कडा प्रकारको मानव तस्करीको शिकार भएकाहरु भने बाटोमा पर्ने देशमा एसाइलम आवेदन नदिएपनि अमेरिकामा एसाइलम आवेदन दिनका लागि योग्य हुनसक्नेछन् ।

दलाललाई लाखौं बुझाएर कैयन नेपालीहरु समेत अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्दै आएका छन् । तर अब उनीहरुले बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत नभएसम्म अमेरिकामा एसाइलमको आवेदन दिन अयोग्य हुनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com