न्युजर्सीको एसाइलम अफिस नेवार्कमा सारिने, म्यानहटनमा स्याटेलाइट अफिस


प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार

न्युजर्सीको नेवार्कमा रहेको एसाइलम अफिसले कार्यालयको जनशक्ति समायोजन, दक्षता बृद्धि र एसाइलम आवेदकलाई सुविधाजनक पहुच प्रदान गर्नका लागि आगामी बर्ष २ वटा महत्वपूर्ण कदम चाल्ने भएको छ ।

लिण्डहस्र्टमा रहेको एसाइलमको मुख्य अफिस नेवार्कमा १०० मलबेरी स्ट्रीटमा स्थानान्तरण गरिने भएको छ । नेवार्क अफिसले म्यानहटनको २०१ भेरिक स्ट्रीटमा रहेको संघीय भवनमा स्याटेलाइट अफिस समेत स्थापना गर्ने भएको छ । यो दुइवटै काम आर्थिक बर्ष २०२० को अन्त्यतिर वा २०२१ को सुरुसम्मका पूरा हुने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमका आवेदनमा रहेको ब्याकलग सम्बोधन गर्नका लागि बृद्धि गरिएका एसाइलम अफिसरहरुको व्यवस्थापनका लागि यो विस्तार आवश्यक रहेको युएससीआइएसले जनाएको छ । यो कदमसँगै धेरैभन्दा धेरै एसाइलम अफिसरहरुलाई धेरै अन्तरवार्ताहरुका लागि स्थान उपलब्ध हुने जनाइएको छ ।

अहिले नेवार्क अफिसबाट सकारात्मक एसाइलमका आवेदन, नकरा आवेदनहरु, क्रेडिबल फियर अन्तरवार्ताहरुमा काम गरिदै आएको छ । एजेन्सीको आवश्यकता अनुशार अफिसको कार्यभार निर्धारण गरिने र प्राथमिकता अनुशार आवेदनहरु स्थानान्तरण हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com