हजारको नोटमा अब नेपालमै जन्मेका जुम्ल्याहा हात्ती राम – लक्ष्मणको पोट्रेट


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

हजारको नोटमा रहेको हात्ती नै नेपाली नभएकोबारे प्रश्न उठिरहेको सन्दर्भमा हात्तिको पोट्रेट नै फेरिने भएको छ । अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिरछापिएका हजारका नोट ल्याइने भएको छ । अर्को दशैंसम्म त्यस्ता नोटहरु बजारमा ल्याइने भएको छ ।

त्यसको प्रक्रिया अघि बढाइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। जुम्ल्याहा हात्ती राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन्।

 

संसारमै दुर्लभ हुने जुम्ल्याहा हात्ती नेपालमा पाइएकाले त्यो दुर्लभतालाई समावेश गर्न खोजिएको जनाइएको छ । मातृ सत्तात्मक परिवारमा बसोबास गर्ने प्रजाति हात्तीको जुम्ल्याहा बच्चा जन्मनु संसारमै दुर्लभ मानिन्छ।

अहिले नोटमा छापिएको हात्तीलाई कसैले अफ्रिकी भनेका छन् त कसैले एसियाली । नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com