नेपालीलाई रोजगारमा आधारित पहिलो बाहेक सबै श्रेणीका ग्रिनकार्ड अक्टोबरमा करेन्ट


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी बाहेक सबै श्रेणीका ग्रिनकार्डहरु अक्टोबर महिनामा करेन्ट भएका छन् । अर्थात् रोजगारमा आधारित पहिलोबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि नेपाली आवेदकले आई १४० सहित ग्रिनकार्ड आवेदन आई ४८५ पनि अक्टोबरमा एकसाथ फाइल गर्न पाउने भएका छन् । तर चीन र भारतका नागरिकले भने यो सुविधा पाउने छैनन् ।

अक्टोबर महिनाका लागि जारी गरिएको भिसा बुलेटिन अनुशार मास्टर्स डिग्री भएका पेशाकर्मीहरु वा असाधारण क्षमता भएकाका लागि रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्ड आवेदन अक्टोबरमा करेन्ट भएको छ । उनीहरुले आई १४० र आई ४८५ आवेदन एकसाथ फाइल गर्नसमेत सक्नेछन् ।

त्यस्तै रोजगारमा आधारित तेश्रो श्रेणीका लागि दक्ष कामदार र चौथो श्रेणीका लागि विशेष आप्रवासीहरुका लागि पनि अक्टोबरमा भिसा करेन्ट रहेको छ । यो श्रेणीका आवेदकले पनि अक्टोबरमा आई ४८५ आवेदन दिन सक्नेछन् ।

एक्स्ट्राअर्डिनरी लगायत पहिलो श्रेणीको ग्रिनकार्डका लागि भने १ जुलाई २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएका आवेदकलेमात्र अक्टोबरमा आई ४८५ ग्रिनकार्ड फाइल गर्नसक्ने भिसा बुलेटिनमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com