अस्वीकृत एसाइलममा अपिल र पुन छानविनका लागि शुल्क बढाउने तयारीमा ट्रम्प प्रशासन


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

देशनिकालका मुद्दामा अपिल वा पुन छानविनका लागि दिइने आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क बढाउने तयारी गरेको छ । अध्यागमन न्यायाधिसको आदेशमा अपिल गर्नका लागि आवेदकले ९७५ डलर शुल्क तिर्नुपर्ने र बोर्ड अफ इमिग्रेशन अपिलमा मुद्दा पुन छानविनका लागि आवेदकले ८९५ डलर शुल्क तिर्नुपर्ने प्रस्ताव ल्याउने ट्रम्प प्रशासनको तयारी छ ।

अहिले दुबै आवेदनका लागि शुल्क जम्मा ११० डलरमात्र रहेको छ । नयाँ नियमका लागि डिपार्टमेन्ट अफ जस्टिसले ड्राफ्ट तयार पारिसकेको छ । यो नियम तत्कालै लागु हुने नभई ६० दिने कमेन्ट अवधि दिइने जनाइएको छ । शुल्क बढाउँदा आप्रवासीहरु महँगो शुल्क तिर्न नसक्दा अपिल गर्ने अधिकारबाट वञ्चित हुनसक्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सामान्यतया सन् १९८६ देखि शुल्क बृद्धि नगरेको र त्यतीबेला तोकिएको शुल्क अहिले समय सान्दर्भिक नरहेको भन्दै बढाउने तयारी गरिएको हो । नयाँ नियम अनुशार पनि कम आम्दानी हुनेहरुले शुल्क मिनाहाका लागि आवेदन दिनसक्नेछन् ।

खासगरी शुल्कबृद्धिको प्रभाव अध्यागमन जेलमा रहेका आप्रवासीहरुमा धेरै पर्ने जनाइएको छ । त्यस्तै अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएकाहरुका सन्दर्भमा पनि यो शुल्क महँगो हुनसक्ने जनाइएको छ ।

अध्यागमन न्यायाधिसहरुलाई मुद्दाका लागि दिइएको बार्षिक कोटा, एसाइलमका सन्दर्भमा ल्याइएका नयाँ नियमहरु, पहिले नै बन्द गरिएका हजारौं मुद्दाहरु सकृय डकेटमा स्थानान्तरण लगायतका कारण मुद्दाहरु अस्वीकृत हुँदा अपिल गर्नेहरुको संख्या बढ्दो रहेको छ । आर्थिक बर्ष २०१८ मा अपिल गर्नेहरुको संख्यामा झण्डै ३० हजारले बृद्धि भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com