अमेरिकाको न्यूयोर्कमा मनाईयो राष्ट्रिय दिवश


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

राष्ट्र संघका लागि स्थायी नियोग र बाणिज्य दूतावास न्यूयोर्कको संयुक्त आयोजनामा मंगलबार न्यूयोर्कमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय दिवश मनाइएको छ । संबिधान सभाबाट संबिधान जारी भएको दिनलाई सम्झना गर्दै हरेक बर्ष राष्ट्रिय दिवश मनाउने गरिन्छ ।

हरेक बर्ष न्यूयोर्कमा यस प्रकारको कार्यक्रम आयोजना हुँदै आएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएको नेपाल सरकारको उदेश्य अनुसार नेपाल सरकारका प्रतिनिधिहरुले काम गरिरहेको जानकारी दिइएको छ । राष्ट्र संघका लागि स्थायी नियोगका राजदूत अमृतबहादुर राईले बुद्ध जन्मेको देश र सगरमाथाको देश नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरुलाई आग्रह गरेका छन् ।

स्थायी नियोग प्रमुख राईले कार्यक्रम उपस्थित बिभिन्न देशका नियोगका प्रतिनिधि, निर्वाचित पदाधिकारी, राज्य सरकारका सरकारी प्रतिनिधि, उद्योगी, व्यापारि तथा नेपाली समुदायका प्रतिनिधिहरुलाई नेपाल सरकारले बर्ष २०२० लाई भ्रमण बर्ष घोषणा गरेको जानकारी दिँदै नेपाल भ्रमण गर्न आग्रह गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको संबिधान जारी भएको दिनलाई मन्त्रिपरिषदको बैठकले राष्ट्रिय दिवशका रुपमा मनाउने निर्णय गरेको यिथो । कार्यक्रममा उपस्थित जनाउने बिभिन्न देशका बिदेशी पाहुना, संघ सस्थाका प्रतिनिधि लगायत नेपाली समुदायका प्रतिनिधिहरुलाई धन्यवाद दिइएको छ ।

तस्विर :अनिल अधिकारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com