देशनिकालाको विरोध गर्ने अमेरिकी अध्यागमन न्यायाधिसलाई जरिवाना र सेवामा प्रतिबन्ध


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

सन् २०१६ को देशनिकालाको एउटा सुनुवाईका क्रममा तत्कालिन राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको अध्यागमन योजनालाई प्रोत्साहन गरेको आरोपमा एकजना अमेरिकी अध्यागमन न्यायाधिसलाई जरिवाना र ३० महिना सरकारी सेवामा प्रतिबन्ध लगाइएको छ । उनले ह्याच एक्टको उल्लंघन गरेको आरोपमा एकहजार डलर जरिवाना समेत गरिएको छ ।

देशनिकालाको सामना गरिरहेका र पुन अमेरिकाप्रवेशका लागि १० बर्षको प्रतिबन्धको सामना गरिरहेका एकजना आप्रवासीको सुनुवाईका क्रममा उनले त्यस्तो सजायको विरोध गर्दै हिलारी क्लिन्टनले जितेमा त्यस्तो कानुनमा परिवर्तन ल्याउने बताएकी थिइन् । डेमोक्र्याट्सहरुले सिनेटमा बहुमत ल्याएमा कानुन ल्याउने सम्भावना रहेको समेत उनले सुनुवाईका क्रममा बताएकी थिइन् । तर सन् २०१६ को चुनावमा ह्वाइट हाउस र सिनेट दुबैमा रिपब्लिकनको जीत भएको थियो ।

पूर्व अध्यागमन न्यायाधिस कार्मने डेपाउलोबिरुद्ध युएस अफिस अफ स्पेशल काउन्सिलले फिराद दर्ता गराएको थियो । सन् २०१८ को जुनमा उनीबिरुद्ध ह्याच एक्टको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गराइएको हो । ह्याच एक्टले अमेरिकामा संघीय कर्मचारीहरुलाई संघीय कार्यस्थलमा रहेको बेलामा वा ड्युटीमा रहेको बेलामा राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेपाओले अमेरिकाको क्यालिफोर्नियामा रहेको अध्यागमन अदालतमा काम गरेकी थिइन् । उनले कहिलेदेखि जागिर छाडिन् भन्नेबारे केही बताइएको छैन । तर सन् २०१७ मा उनले १ लाख ७२ हजार १ सय डलर तलब पाएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com