३९ वटै सडकको कालोपत्रे काम नलाग्ने


प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार

दाङको घोराही उपमहानगरपालिकाभित्र गरिएको  सडक रिसिलिङ र कालोपत्रे  गुणस्तरहीन रहे को  तथ्य खुलेको छ  । उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ।

रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कबोल सम्झौता ७५ लाख ७ हजार १ सय ५० रुपियाँमा भएको पाइएको छ।

२०७५ चैत १३ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। चैतमा सम्झौता भए पनि कम्पनीले २०७६ जेठ २० बाट काम शुरू गरेको थियो।

सडक गुणस्तहीन भएको  भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि उपमहानगरपालिकाको  असार २२ गतेको  कार्यपालिका बैठकले  छानबिन समिति गठन गरे को  थियो ।

३८ वटा सडक ११ किलोमिटरको  वे स कोर्समध्ये  ग्रावे लसम्म र डब्ल्यूबीएमसम्मको  काम उपभो क्ता समितिबाट भएको  र त्यसपछिको  काम उपभो क्ता समितिबाट झिके र उपमहानगरका इन्जिनियर र प्राविधिकले  उपभो क्तासँग कुनै छलफल नगरी कालोपत्रे  गरेको  घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा छानबिन समितिका संयो जक भरतमणि अर्यालले  जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com