ज्ञानबहादुर शाहीको पत्रकार सम्मेलनमा झडप,शाही प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

नेपालगञ्ज विमानस्थलमा शनिवार साँझ भएको घटनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनस्थलबाट ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाहीलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको हो ।

शाहीले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार गरेको विषय र सो बारे मन्त्री भट्टराईले दिएको प्रष्टिकरणको खण्डन गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप भएको थियो । पत्रकार र युट्युबर तथा शाहीका समर्थकबीच अचानक झडपको स्थिती आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएको छ ।

पक्राउ परेका शाहीलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयर डिले गरेको भन्दै जहाजमा चढेपछि गालीगलौज गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com