रुपन्देहीमा गोली लागेर एक जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो अज्ञात समुहको गोली प्रहारबाट ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) हृदय थापाका अनुसार लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै गर्दा कुर्मीमाथि गोली प्रहार भएको हो । उनको बायाँ कुममा गोली लागेको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाँकाको समूहले गोली हानेको बताएका छन । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयबासीले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com