युवालाई जागरुक गराउन राजधानीमा मानवअधिकार सम्बन्धी सम्मेलन


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

युवालाई मानवअधिकारका बारेमा थप जागरुक गराउने उद्धेश्य सहित राजधानीमा दुई दिने सम्मेलन सम्पन्न भएको छ । मानवअधिकारका लागि युवा अभियानको दोश्रो सम्मेलनमा देशका बिभिन्न जिल्लाबाट राजधानिमा आएका युवाहरुलाई थप जागरुक गराउंदै सम्मेलन सम्पन्न भएको हो ।

देशका सबै जिल्ला र प्रदेशका युवाहरुको प्रतिनिधित्व भएको सम्मेलन प्रराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्धाघन गर्नूभएको हो । सम्मेलनमा मानव अधिकार आयोग आयुक्त सुदिप पाठक, राष्ट्रिष्य युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल लगायतका बिशिष्ट ब्यक्तीहरुले मानवअधिकार र युवाहरुको भुमिकाको बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदिप ज्ञवालीले मानवअिधकारका बारेमा युवाहरु पुर्ण रुपमा जानकार हुन आवश्यक रहेको भन्दै आयोजकहरुलाई धन्यबाद दिनुभएको थियो । मन्त्री ज्ञवालीले हरेक परिवर्तनका आन्दोलनमा युवाहरुको मुख्य भुमिका रहेको र फलस्वरुप अहिलेको संबिधानले सबैलाई सम्मानपुर्वक बाच्न पाउंने ब्यवस्था गर्न सकेको प्रष्टाउनुभयो ।

युवा र मानवअधिकार निकै अन्तरसम्बन्धीत भएको मन्त्री ज्ञवालीको भनाई थियो । बिभिन्न क्षेत्रका बौद्धिक ब्यक्तीत्वहरुले समेत धारण राखेको कार्यक्रम संस्थाका अध्यक्ष रिषि गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । सहभागीहरुले बक्ताहरुसंग प्रत्यक्ष प्रश्न सोध्न मिल्ने र जवाफ दिने गरि तयार पारिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बैकुण्ठ थापाले संस्थाले बिगत एक बर्षमा गरेको कार्यक्रमको प्रगती बिवरण पेश गर्नुभएको थियो ।

मानवअधिकारका लागि युवा अभियानले संसारका बिभिन्न देशमा पुगेर मानवअधिकार सम्बन्धी कार्यक्रमहरुमा भाग लिने र नेपालका बिभिन्न जिल्लामा पुगेर यस सम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएको छ । कार्यक्रममा मानवअधिकारका क्षेत्रमा राम्रो कार्य गरेको भन्दै उत्तम पौडेल, गीता फुलेल र केशब भट्टलाई प्रमुख अतिथी मन्त्री ज्ञवालीले अवार्ड प्रदान गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com