अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी प्रचण्डबाट अस्वीकारपछि अमेरिकी दूतावासको चासो


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक स्ट्राटेजीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिबारे अमेरिकी दूतावासले चासो राखेको छ । चीनका विदेशमन्त्रीसँगको भेटमा प्रचण्डले अमेरिकाको इन्डो प्यासेफिक स्ट्राटेजी अस्वीकार गरेको चीनिया प्रेस वक्तब्य सार्वजनिक भएपछि अमेरिकी दूतावासले चासो देखाएको हो ।

यसैबीचमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले परराष्ट्र सचिव शंकरदास वैरागीसँग भेट गरेका समाचारहरु समेत सार्वजनिक भएका छन् । भेटमा इन्डोप्यासिफिक स्ट्राटेजीबारे प्रचण्डको भनाईसँग सम्बन्धित विषयमा कुरा भए नभएको भने पुष्टी भएको छैन । अमेरिकी अधिकारीको नेपालमा हुने लागेको भ्रमणबारे छलफल गर्न बेरी मन्त्रालय गएको परराष्ट्र मन्त्रालयको दाबी छ।

नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएको केही समयपछि चिनियाँ विदेश मन्त्रालयले प्रचण्डसँग वाङको भेटबारे विज्ञप्ति जारी गरेको थियो। विज्ञप्तिमा वाङसँगको भेटमा प्रचण्डले ‘इन्डो प्यासिफिक रणनीतिलाई नेपालले अस्विकार गर्ने’ बताएको उल्लेख गरेको थियो ।

प्रचण्डसँगको भेटबारे बेइजिङले जारी गरेको विज्ञप्तिमा अमेरिकाले चासो बढाएपछि सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले बिहीबार प्रतिनिधिसभामा विशेष समयमा यसबारे कुरा उठाएकी थिइन्।

नेपाल असंलग्न राष्ट्र रहेकाले कुनै पनि रणनीतिक साझेदारीमा संलग्न नहुने भन्दै भुसालले यसै विषयमा प्रचण्डले राखेको धारणाबारे अमेरिकाले सोधखोज गरेको बारे सरकारले स्पस्ट पार्नुपर्ने बताएकी थिइन्।

‘नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिका पक्षमा रहेको बताएका थिए । भुसालले इन्डो प्यासिफिक रणनीति अन्तर्गत नै अमेरिकी दूतावासले सरकारसँग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको खुलासा समेत गरेकी छिन् ।


Discover more from KHASOKHAS

Subscribe to get the latest posts sent to your email.

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com