सर्बोच्चको फैसला : अमेरिकी सिमाक्षेत्रमा एसाइलम अब लगभग असम्भव


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम आवेदन दिनका लागि बाटोमा पर्ने कम्तीमा कुनै एउटा देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने ट्रम्प प्रशासनको नियम लागु हुने भएको छ । लामो कानुनी लडाईपछि अमेरिकाको सर्बोच्च अदालतले यो नियम लागु गर्नका लागि स्वीकृति प्रदान गरेको हो ।

सोमबार मात्र एकजना संघीय न्यायाधिसले यो नियम कार्यान्वयन नगर्न देशब्यापी रुपमा आदेश जारी गरेका थिए । त्यसको दुईदिनपछि बुधबार सर्बोच्च अदालतले ट्रम्प प्रशासनको एसाइलमबारेको उक्त नियम कार्यान्वयनका लागि आदेश दिएको हो ।

अब कुनै पनि तेश्रो मुलुक हुँदै अमेरिका आएको तर बाटोमा पर्ने देशमा एसाइलमका लागि आवेदन दिएर अस्वीकृत नभएको व्यक्ति अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलमका लागि स्वत अयोग्य हुनेछ । बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको वा एकदमै कडा प्रकारको मानव तस्करीको शिकार भएको व्यक्तिमात्र अमेरिकामा एसाइलम आवेदन दिन योग्य हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले यो नीति गत जुलाईमा ल्याएको थियो । तर क्यालिफोर्नियाको अदालतले यो नियम कार्यान्वयनमा रोक लगाएको थियो । पछि सर्किट कोर्टले क्यालिफोर्नियाको आदेश नाइन्थ सर्किट कोर्टको क्षेत्रभित्रमात्र लागु हुनेगरी सिमित गरिदिएको थियो । सोमबार क्यालिफोर्नियाको अदालतले देशब्यापी रुपमा कार्यान्वयनमा रोक लगाएको थियो । तर अब तल्लो अदालतको आदेश सर्बोच्चले उल्टाउँदै नियम कार्यानवयनका लागि बाटो खोलिदिएको छ ।

अमेरिकामा ठूलो संख्यामा नेपालीहरु ल्याटिन अमेरिकी देशहुँदै प्रवेश गरेर एसाइलम दावी गर्दै आएका छन् । यदि उनीहरुले अब बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत नभएसम्म अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम आवेदन दिन पाउनेछैनन् ।

अमेरिकी सिमाक्षेत्रमा आइसकेपछि कागजपत्रविहिनहरुले एसाइलमका लागि सुरुमा क्रेडिबल फियर अन्तरवार्ता पास गर्नुपर्छ । यो अन्तरवार्ता पास गरेको खण्डमा मात्र अमेरिकी अदालतमा एसाइलमको प्रकृया अगाडि बढाइन्छ, अन्यथा तीब्र गतिको प्रकृयाबाट देशनिकाला गरिन्छ ।

नयाँ नियमले व्यवहारत अब सिमाक्षेत्रमा मेक्सिकनबाहेक अरु देशका नागरिकका लागि एसाइलमलाई खारेज गरिदिएको छ । रुढीवादी न्यायाधिसहरुको बाहुल्य रहेको सर्बोच्च अदालतले यस अगाडि पनि ट्रम्प प्रशासनका पक्षमा कैयन फैसलाहरु गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com