राहदानी विधेयक  पारित, लोकसेवा आयोग विधेयक स्वीकृत


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

प्रतिनिधि सभाको आजको बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई पुनः पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुनर्विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको थियो । बैठकको सर्वसम्मतीले राहदानी विधेयकलाई पुनः पारित गरेको हो ।

प्रतिनिधिसभाले विगतमा नै पारित गरी उक्त राहदानी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा राष्ट्रपति भण्डारीले केही प्रक्रियागत त्रुटि रहेको भन्दै पुनर्विचारको लागि सन्देशसहित पुनः सङ्घीय संसद्मा विधेयक फिर्ता पठाउनुभएको थियो ।

विधेयकका सम्बन्धमा आजको बैठकमा पनि छलफल भएको थियो । सांसदहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सबै प्रक्रिया र चरणहरु पार गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणको लागि पठाइएको राहदानी विधेयक फिर्ता हुँदा राष्ट्रपतिबाट कुनै पनि विषय नखुलाइएको स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले सो विधेयकले सङ्घीय संसद्का सबै चरणलाई पार गरेर नै प्रमाणीकरणका लागि पुगेको पनि स्पष्ट पार्नुभयो । प्रतिनिधिसभामा उत्पन्न भएको राहदानी विधेयकलाई प्रतिनिधिसभाले पारित गरी सन्देशसहित राष्ट्रियसभामा पठाइएको र राष्ट्रियसभाले पनि आफ्नो विषयगत समिति विधायन व्यवस्थापन समितिमा छलफलको लागि पठाएको पनि उहाँले स्मरण गराउनुभयो ।

मन्त्री ज्ञवालीले राष्ट्रियसभाले उक्त विधेयकको सम्बन्धमा कुनै निर्णय नगरी गत वैशाख महीनामा शुरु भएको तेस्रो अधिवेशनमा भने प्रतिनिधिसभालाई सो विधेयकको सम्बन्धमा एउटा सन्देश पठाएकाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको पनि सदनलाई स्पष्ट पार्नुभएको थियो ।

आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ लाई पनि स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्यया तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘लोकसेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयय० विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते १ बजे बस्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com