अदालतले उल्टायो बाटोमा पर्ने देशमा एसाइलम नगर्नेका आवेदन नलिने ट्रम्पको नियम


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

अमेरिका आउने क्रममा बाटोमा पर्ने देशमा एसाइलमको आवेदन दिएर अस्वीकृत भएकाहरुमात्र अमेरिकामा एसाइलमका लागि आवेदन दिन योग्य हुने ट्रम्प प्रशासनको नियमलाई अदालतले उल्टाइदिएको छ । सान फ्रान्सिस्कोका संघीय न्यायाधिसले देशब्यापी रुपमा लागु हुनेगरी एक आदेश जारी गर्दै एसाइलम प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको नियम कार्यान्वयनममा रोक लगाएका छन् ।

न्यायाधिस जोन टाइगरले यस अगाडि पनि ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा रोक लगाउने आदेश दिएका थिए तर गत अगस्तमा नाइन्थ सर्किट कोर्टले त्यस्तो आदेश नाइन्थ सर्किटमा मात्र लागु हुनेगरी दायरा साँगुरो बनाइदिएको थियो । जसका कारण क्यालिफोर्निया र एरिजोनामा एसाइलम गर्नेहरुले बाटोमा पर्ने देशमा एसाइलम आवेदन नदिएको भएपनि हुने तर टेक्सास र न्यु मेक्सिकोमा एसाइलम गर्नेहरुले बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको हुनुपर्ने नियम लागु भएको थियो ।

ट्रम्प प्रशासनले गत जुलाईमा सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुले बाटोमा पर्ने देशमा अनिवार्य एसाइलम गरेर अस्वीकृत भएको हुनुपर्ने नियम ल्याएको थियो । अमेरिकामा एसाइलमलाई दुरुत्साहन गर्ने ट्रम्प प्रशासनको नीति अनुरुप नै उक्त नियम ल्याइएको थियो । तर न्यायाधिस जोन टाइगरको पछिल्लो आदेशले उक्त नियम देशब्यापारी रुपमा नै लागु हुनमा रोक लगाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बराक ओबामाबाट नियुक्त न्यायाधिस जोन टाइगरले यस्तो आदेश दिएपछि त्यसलाई सीबीपीका कार्यवाहक कमिस्नर मार्क मोर्गनले अभूतपूर्व न्यायाकि सकृयताको संज्ञा दिएका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरीले पनि भने उक्त आदेशलाई मानव तस्करका लागि उपहारको संज्ञा दिएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com