बैंकले रोकेपछि बिमा कम्पनीको ध्यान सहकारीतिर


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता गर्न थालेका छन् ।

बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरु बिक्री गर्दै आएका थिए । बैंकहरुले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई कडाई गरिसकेको छ ।

बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ केन्द्रित भएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com