शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा – राष्ट्रपति भण्डारी


प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा भएको बताउनुभएको छ । उहाले यस वगैचाबाट सबै प्रकारका फल फलाउन सकिने बताउनु भएको हो ।

४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उपलब्ध स्रोत साधनलाई अधिकतम दिगो र सुन्दरतम् प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र मुलुकको आवश्कता अनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित गर्न सुझाव समेत दिनुभयो ।

यसैवीच राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३७३ जनालाई विभिन्न पदकले सम्मान समेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट २३१ जना, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट १०१ जना र ‘ग’ श्रेणीको नेपाल विद्याभुषणबाट पदक ११ जनालाई सम्मानित गर्नुभएको छ। यस्तै राष्ट्रपति भण्डारीले स्नातक तर्फका छात्रा मध्येका २३ तथा प्रमाणपत्र तह तर्फका छात्रा मध्ये उत्कृष्ट ७ जनालाई छात्रा विद्या पदकले सम्मानित गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com